- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिडले क्लव विश्वकप फुटबलको उपाधि जितेको छ । लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जित्दै रियालले किर्तिमान बनाएको छ । यसअघि अर्को स्पेनिस क्लव बार्सिलोनाले ह्याट्रिक गरिसकेको छ ।
शनिबार राति अबुधाबीमा भएको फाइनलमा ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर रियाल मड्रिडले उपाधि जितेको हो ।
किर्तिमानी उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले ५३ औं मिनेटमा फ्रि–किक मार्फत गोल गरेका थिए ।
यो जितसँगै रियाल मड्रिडले सन् २०१७ मा पाँच उपाधि उचालिसकेको छ ।
रियालले क्लव विश्वकपसहित च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, युएफा सुपर कप र स्पेनिस सुपर कप जितेको हो ।
त्यसैगरी रोनाल्डोले पनि किर्तिमान रचेका छन् । क्लव विश्वकपमा सबैभन्दा बढी गोल उनकै नाममा रहेको छ । रोनाल्डोले अहिलेसम्म ७ गोल गरेका छन् ।
पाँच पटकका बेलोन डे’ओर बिजेता रोनाल्डोको फ्रिकिकको चर्चा अहिले विश्वभर भइरहेको छ ।
यो खेलका क्रममा रियाल र ग्रिमिओका समर्थकबीच मुक्का हानाहान भएको थियो ।