- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर क्लवहरु म्यान्चेस्टर सिटी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
काराबाओ कपका नामले समेत परिचित उक्त प्रतियोगिताको क्वाटरफाइनलमा लेस्टर सिटी र वेस्टह्याम युनाइटेडलाई हराउँदै म्यान्चेस्टर र आर्सनल सेमिफाइनलमा पुग्न सफल भएका हुन् ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा वेस्टह्याम युनाइटेडलाई १–० ले हराउँदै आर्सनल सेमिफाइनलमा पुग्न सफल भएको हो ।
खेलको ४२ औं मिनेटमा ड्यानी वेलबेकले आर्सनललाई निर्णायक गोल दिलाए ।
यसैगरी लेस्टर सिटीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै म्यान्चेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
बुधबार राति चेल्सी र बर्नमाउथ तथा म्यान्चेस्टर युनाइटेड र ब्रिस्टल सिटी भिड्दै छन् ।