चीन पछि भारत नेपालमाथि आक्रामक, साढे २ खर्ब व्यापार प्रवर्द्धनको लागि खर्च गरिने
प्रकाशित २०७४ पुष ११ मंगलबार
540
Shares
काठमाडौं। चीनले नेपालमा व्यापार बढाउनेको लागि भनेर आक्रामक रुपमा सडकसँग अन्य भौतिक पूर्वाधार विस्तार अभियान चलाएपछि भारतले पनि नेपालसँगको व्यापारलाई अघि बढाउनको लागि नेपाल जोड्ने सडक सञ्जाललाई आक्रामक रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ। आफ्ना छिमेकी मुलुकहरु नेपाल र बंगलादेशलाई लक्षित गरी भारतले आक्रामक सडक विस्तार र अन्तराष्ट्रिय व्यापार विन्दू विस्तार अभियान सञ्चालन गर्न लागेको हो।
नेपाल र बंगलादेशसँगको व्यापारलाई सुगम र सहज बनाउनको लागि भारतले ठूला ठूला हाईवे र अन्तराट्रिय व्यापार विन्दूहरुको विकास गर्ने तयारी तीब्र रुपमा अघि बढाएको छ। भारतको केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बताए कि यी दुई छिमेकी मुलुकसँग व्यापार बढाउनको लागि एउटै प्रोजेक्ट मार्फत् २५ हजार करोड रुपैयाँ खर्च गर्ने तयारी भईरहेको छ। सो प्रोजेक्टले नेपाल र मंगलादेशको सीमासम्म २ हजार किलोमिटर लामो ठूला हाईवे बन्नेछन्।
भारतमालाको पनि हिस्सा
केन्द्रीय परिवहन तथा राजमार्ग मन्त्री गडकरीका अनुसार, अन्तरराष्ट्रिय व्यापार विन्दूदेखि हाईवे करिडोरसम्म जोड्नको लागि २ हजार किलोमिटर लामो ठूलो हाईवे बन्ने भएको छ। उनले यस परियोजनाले नेपाल, भूटान, बंगलादेश तथा म्यान्मारसँग व्यापार सहज हुने लक्ष्य लिईएको छ। उनका अनुसार यो परियोजना भारतमाला परियोजना को हिस्सा हुन्छ। अर्थात् उसकै अन्तर्गत् बन्नेछ।
केन्द्रीय क्याबिनेटको २५ अक्टोबरमा मार्च २०२२ सम्म ८३ हजार ६ सय ७७ किलोमीटर लामो हाइवे बनाउने मेगा प्रोजेक्ट स्वीकृत गरेको थियो । यस मेगा प्रोजेक्टमा कुल ७ लाख करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जस अन्तर्गत् सरकारको महत्वाकांक्षी भारतमाला परियोजना समेत पर्दछ । जसमा ५ दशमलव २५ करोड भारतीय रुपैयाँ खर्च गरिने भएको छ।