arrow

गाेर्खाली शान र नेपाली माैलिकता बचाउन टाेपी दिवस (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
gyanmani.JPG

काठमाडौं। दिवस भन्नेवित्तिकै सरकारले औपचारिक रुपमा घोषणा गरेको कार्यक्रमलाई बुझिन्छ । तर टोपी दिवस एउटा यस्तो अनौपचारिक कार्यक्रमका रुपमा नेपालमा उदय भइरहेको छ, जसलाई सरकारले औपचारिक रुपमा स्वीकार गरेकाे छैन । तर, जनस्तरमा यो दिवसप्रतिको सद्भाव बढ्दो क्रममा छ। अघिल्लो वर्ष र यस वर्षको तुलना गर्ने र सामाजिक सञ्जालको विश्लेषण गर्ने हो भने टोपी दिवसमा युवाहरुको रुचि निकै बढेको हो । टोपी दिवस नेपालका लागि अनौपचारिक दिवस हो । टोपी दिवसमा ३ वटा टोपीलाई समेटिएको छ । ढाका टोपी, कालो टोपी र भादगाउँले टोपी छन् । जुन टोपी लगाउन पनि स्वतन्त्रता छ । यसका नीति नियम केही पनि तयार भएका छैनन् । सबैले आफ्नो ढंगले टोपी लगाउन पाउँछन् । टोपीले राष्ट्रियता झल्किन्छ, नेपालीपनको पहिचान झल्किन्छ भनेर टोपी दिवस सुरु भएको हो ।

एक हिसाबले यसको सुरुवात पनि अनौठो छ । यसको सुरु कसले गर्‍यो भन्ने श्रेय कुनै एक व्यक्ति र संस्थालाई दिनसक्ने आधार पनि छैन । यो स्वतःस्फुत सुरु भएको पाँच वर्ष भइसक्यो । नेपालमा जागरुक युवा अभियान भन्ने एउटा समूह छ, जसले टोपी दिवस मनाउँदै आएको छ । जागरुक युवा अभियानका अभियन्ता ज्ञानमणि कालोटोपी र वसन्त हुमागाईंसँग गरिएकाे गरेको कुराकानी:

० अंग्रेजी नयाँ वर्षमा टोपी दिवस किन मनाउने ?
– पछिल्ला दिनहरुमा नेपाली युवाहरु पश्चिमा संस्कृतितर्फ ढल्किएका छन् । उनीहरुको संस्कृति र रितिरिवाजलाई हामी एकदमै पच्छाइरहेका छौं । अंग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन डे, क्रिस्मस डेजस्ता पश्चिमा पर्वहरुलाई हामीले पच्छाइरहने हो भने हाम्रै नेपाली मौलिकता झल्किन चाँडपर्वलाई हामीले प्राथमिकता नदिएको हो कि भन्ने महसुस गरिएको छ ।

नेपाली युवाहरुलाई जो पश्चिमा संस्कृतितर्फ आकर्षित छन्, उनीहरुलाई अग्रेजी चाँडपर्वमा हामी नेपाली कार्यक्रम पनि गर्न सक्छौं है भन्ने सन्देश दिनका लागि र नेपाली कार्यक्रमलाई नेपाली तरिकाले मनाउन सकिन्छ भनेर ती साथीहरुलाई यतातिर केन्द्रित गर्न सकिन्छ भनेर जनवरी १ लाई पृथक तरिकाले नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको हो ।

० पश्चिमाहरुको ठूलो उत्सवलाई क्यास गर्न खोज्नुभएको हो ?
– क्यास गर्न सजिलो भयो, यद्यपि हामीले अंग्रेजी वर्ष नमनाउ भन्ने होइन, नयाँ वर्ष पनि मनाउँ, त्यो सँगसँगै नेपाली कार्यक्रम पनि गरौं भन्ने हाम्रो उद्देश्य हो । टोपी लगाएर अंग्रेजी नयाँ वर्ष मनाउँ । त्यसो गर्दा नेपाली पहिचान झल्किने खालको भयो अंग्रेजी नयाँ वर्ष ।

० टोपी दिवस यति चर्चित हुन्छ भन्ने लागेको थियो ?
– सुरुमा यो सामाजिक सञ्जालमा सीमित थियो, तर यसलाई हामी युवा माँझ लैजान चाहन्थ्यौं । हामीले अंगे्रजी नयाँ वर्षलाई टोपी दिवसका रुपमा मनाउन थालेकाले युवाहरु यसप्रति आर्कषित भए । जसका कारण यो दिवसले व्यापकता पाउँदै गएको छ ।

० मानिसको चासो यो दिवसप्रति बढेको छ ?
– हो, एकदमै बढेको छ । यो दिवसलाई औपचारिक बनाउन सरकारमा दबाब सिर्जना हुँदैछ । जस्तो डा. बाबुराम भट्टराईको सरकारले २०६८ सालतिर हाम्रो राष्ट्रिय पोशाकलाई हटाइदिनुभयो । राष्ट्रिय पोशाक हटाइदिएपछि राष्ट्रिय भावले ओतप्रोत भएका युवाहरुलाई छटपटी भयो । अरुले पहिचानका लागि पोशाक राखेका छन्, हामीकहाँ भएको पोशाकलाई हटाइएको छ, हटाउन उचित थियो कि थिएन आफै जानोस्, तर हामी चासो भनेको नेपालीको चिनारी अथवा राष्ट्रिय पहिचान केही न केही होस भन्ने थियो । गाेर्खाली शानका लागि पनि याे अभियानमा लाग्नु पर्ने जरुरत ठान्याैँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ