पूर्व शिक्षामन्त्री शुक्लाद्धारा दलित विद्यार्थीलाई सहयोग
प्रकाशित २०७४ पुष १८ मंगलबार
409
Shares
बुटवल। पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्लाले दलित विद्यार्थीहरुलाई सोलर बत्ती प्यानल सहयोग गरेका छन । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ स्थित बोगडी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत २२ जना विद्यार्थीलाई मंगलबार शुक्लाले उक्त सोलर प्यानल वितरण गरेका हुन ।
साथै उनले विद्यालयमा रहेको वाइ.फाइ र ९ वटा कम्प्युटर सहितको आधुनिक प्रयोगशालाको पनि उदघाटन गरे । गत वर्ष शुक्लाले सोही विद्यालयमा ६ वटा कम्प्युटर सहयोग गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्लाले समाजमा रहेका विकृति हटाउन चेतना र ज्ञानको आवश्यक रहेको औल्याए । उनले सोलार बत्ती प्यानलको लागि विद्युतको आवश्यक नरहेकोले यसलाई सदुपयोग गरी पढाइमा विशेष ध्यान दिन विद्यार्थीहरुलाई आह्वान गरे ।