arrow

नागरिकलार्इ युद्धको त्रास, नेतृत्व तहमा साँठगाँठ !

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
modi-meets-jinping_b6a59ba0-644c-11e7-b1de-0034c3d6ea80.jpg

काठमाडौं । भारत तथा चीनबीच चलिरहेको मतभेदका कारण दुई देशका नागरिकहरु त्रासको शिकार भईरहेको बेलामा दुई देशको उच्च राजनीतिक तहमा भने साँठगाँठ हुने गरेकोे भेटिएको छ । भारतीय प्रधाममन्त्रीमा नरेन्द्र मोदी आएपछि मात्रै चिनियाँ शक्तिशाली सेन्ट्रल कमिटिका पदाधिकारीहरु तीन पटक भारत भ्रमणमा आउनु र चीन र भारतबीच केही महिना अघि देखिएको दोक्लामको विवाद लगत्तै पनि शक्तिशाली टोलीको भारत आउनुले यो कुरालाई पुष्टि गरेको छ । अझ यसमा महत्वपूर्ण कुरा त के छ भने यसमा भारतले पनि स्वागतको लागि कुनै कसर बाँकी राखेको छैन । 

बुधवारदेखि भारत भ्रमणमा रहेका चीनको सबैभन्दा शक्तिशाली सेन्ट्रल कमिटी अफ कम्युनिस्ट पार्टी अफ चाइना ९सीपीसी० को ६ सदस्यलार्इ मेजमानी रुपमा स्वागत गर्ने तयारी गरिरहेको छ । यही जानकारी सोही मामलामा संलग्न एक अधिकारीले दिएको नवभारत टाइम्सले जनाएको छ। दोक्लाम मुद्दा फेरि पनि आउँदो मार्चदेखि सतहमा आउने निश्चित छ । यो संकेत सोमबार चीनको सरकारी सञ्चार संस्था ग्लोबल टाईम्सले उल्लेख गरिएको समाचारले पनि देखाउँछ ।  

बुधबारदेखि भारत भ्रमणमा रहेका डेलिगेशनको नेतृत्व मेंग शिआंगफेंगले गरेका छन् । मेंगलार्इ राष्ट्रपति शी जिनपिंगको सबैभन्दा निकट मानिएको छ । यो सीपीसीको सेन्ट्रल कमिटीका जनरल अफिस डेप्युटी डायरेक्टर पनि हुन्। चिनियाँ अधिकारिहरुको भारत भ्रमणलार्इ विदेश मन्त्रालयले आयोजना गरेको छ । यस भ्रमणको दौरानमा यही डेलिगेशनले कैयौं बीजेपी नेता तथा मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ।

यसरी डेलिगेसनको मन्त्रीहरुसँगको भेटघाटको कार्यक्रम यस अघि नै तय भएको छ । डेलिगेसनले वाणिज्य मन्त्री सुरेश प्रभु, विदेश राज्य मन्त्री वीके सिंह तथा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस शामेल हुने भएका छन्। चीनका विदेशमन्त्री वॉन्ग यी तथा स्टेट कोअर्डिनेटर यांग जेशीको यो यात्रा पछि चीनको तर्फबाट यो तेस्रो सबैभन्दा ठूलो भ्रमण हो । 

पीएम मोदीको २०१५ मा चीनको भ्रमणको समय राष्ट्रपति सिको विदेश मन्त्रालय तथा सीपीसीको डेलिगेशनसँग भेटघाटको कुरा तय भएको थियो । यस भेटघाटको उद्देश्य भारतका राज्य तथा चीनको प्रान्तको बीच सम्बन्धलार्इ बढावा दिर्इएको हो । 

यही  दोस्रो तर्फ जुन दिन चीनको यो डेलिगेशन नई दिल्ली आउदैछन्, उही दिन विदेश मन्त्री सुषमा स्वराज साउथइस्ट एशियाको तीन देशको भ्रमणमा जाँदैछिन्। यी देशहरुमा थाईल्याण्ड, सिंगापुर तथा इन्डोनेशिया रहेको छ। यस समयमा सुषमा स्वराज एक्ट ईस्ट नीतिलार्इ बढावा दिन चाहिरहेका छन्। आफ्नो यो यात्रामा स्वराज सबैभन्दा पहिले थार्इल्याण्ड जाने भएकी छिन्। त्यहाँ उनले थाईल्याण्डमा समकक्षी डोन प्रामुद्वीनईसँग द्विपक्षीय वार्ता गर्नेछिन् । 

यो पनि पढ्नुहोस् 

चीन र भारतबीच मिलोमतोमा युद्धको धमास !

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ