- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा बार्सिलोनाले उपाधि जित्ने ताल ल्याएको छ । १८ औं चरणको खेलसम्म बार्सिलानाले दोस्रो स्थानको एथलेटिको मड्रिडको भन्दा ९ अंकको अग्रता बनाउँदै बार्सिलोनाले यसपटक ला लिगा लिग जित्ने दावेदारीलाई मजबुद बनाएको हो ।
बार्सिलोनाले आइतबार राति लेभान्ते विरुद्ध घरेलु मैदानमा ३–० ले हरायो । बार्सिलोनालाई विजयी गराउन लियोनेल मेस्सी, लुइस सुवारेज र पाउलिन्होले १–१ गोल गरे ।
इंगलिस क्लव लिभरपुलबाट दोस्रो उच्च (१४५ मिलियन पाउण्ड) मा आएका पिलिप्पे कौटिन्होले खेल्नुअघि नै बार्सिलोना ९ अंकले अगाडि छ । कौटिन्होले खेल्न थालेपछि बार्सिलोना अझै मजबुद हुने विश्लेषण छ ।
बार्सिलोनाको ४८, दोस्रो स्थानको एथलेटिको मड्रिडको ३९, तेस्रो स्थानको भ्यालेन्सियाको ३७ अंक छ ।
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड चौथो स्थानमा छ ।