arrow

एउटा भारतीयले जीवनभर कमाउने पैसा एउटा साहूको १७ दिनको कमार्इ !

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
World-Economic-Forum-Narendra-Modi-Reuters-e1516615730773.jpg

काठमाडौं । भारतमा डरलाग्दो रुपमा आर्थिक असमानता रहेको देखिएको छ । एक रिपोर्टका अनुसार भारतमा मोदी सरकार सत्तामा आएपछि गरिबहरु झनै गरिब बन्ने र धनीहरु झनै धनी बन्ने गरेको भेटिएको छ । भारतमा २०१७ मा कूल सम्पत्तिको ७३ प्रतिशत हिस्सा केवल एक प्रतिशत धनी मानिसको हातमा रहेको भेटिएको छ। एक नयाँ सर्वेक्षणले सोमवार यस तथ्यको खुलासा गरेका हुन् । यो सर्वेक्षणले भारतको आयमा असमानताको चिन्ताजनक तस्वीर पेश गरेको हो ।

अन्तरराष्ट्रिय राइट्स समूह अक्सफेमले तयार पारेको यो सर्वेक्षण दावोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को शिखर बैठक शुरू हुनुभन्दा पहिले जारी गरिएको थियो । यसमा भनिएको छ कि ६७ करोड भारतीयको सम्पत्तिमा मात्रै एक प्रतिशतको वृद्धि भएको हो ।

भारतका सम्बन्धमा उक्त प्रतिवेदनमा भनिएको छ कि पछिल्लो साल १७ नयाँ अरबपति बनेका छन् । यसका साथ अर्बपतिको संख्या एक सय एक बनेको छ । २०१७मा भारतीय धनाढ्यहरुको सम्पत्ति ४।७९ लाख करोड बढेर २०.७ लाख करोड बनेको छ । यो ४‍.८९ लाख करोड कैयौं राज्यको शिक्षा तथा स्वास्थ्य बजेटको ८५ प्रतिशत हो । 

अक्सफेम इन्डियाको सीईओ निशा अग्रवालले बताएकी छिन् कि यो भयानक स्थिति हो । जसले भारतमा आर्थिक विकासको फाइदा सीमित ब्यक्तिहरुमा सीमित भएको छ । उनले भनेकी छन् कि  ‘अरबपतिको बढ्ने संख्या सम्पन्न अर्थव्यवस्थाको होइन तथापि कमजोर अर्थव्यवस्थाको लक्षण दर्शाउँछ ।' समाजमा यस तरहको विभाजन लोकतन्त्रको प्रभाव घटाएर भ्रष्टाचारलार्इ बढावा दिनेछ । सर्वेमा यो पनि लेखिएको छ कि महिलाहरुको आर्थिक स्थिती झनै कमजोर देखिएको छ । दशमा नौ अर्बपति पुरुष छन् । भारतमा केवल चार महिला अरबपति छन् । तथा त्यसमा पनि तीन जना पैतृक सम्पत्तिले अर्बपति बनेका हुन् । 

अक्सफेमका अनुसार, ‘ग्रामीण भारतमा एक कामदार आफ्नो पूरा जिन्दगीसम्म जति कमाउँछन् उति कमाउन एक कपडा कम्पनीको प्रबन्धकलार्इ मात्रै  १७.५ दिन लाग्छ । वैश्विक स्तरमा यो तस्वीर पनि चिन्ताजनक रहेको रिपोर्टमा उल्लेख छ । पछिल्लो साल दुनियाभरीमा नै अर्जित गरिएको सम्पत्तिको ८२ प्रतिशत सम्पत्ति केवल एक प्रतिशतसँग छ । अक्सफेमको वार्षिक सर्वेक्षणको महत्वपूर्ण मानिएको सो विषय विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा यस विषयमा विस्तारित रुपमा चर्चा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ