arrow

प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव शुरु, २२ गतेसम्म के के हुन्छ मेलामा ?  

logo
सरिता तिम्सिना पगेनि     
प्रकाशित २०७४ माघ १२ शुक्रबार
lekhnath2.jpg

पोखरा । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिवारदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ।

“ लेखनाथको संस्कृति, स्थानीय उत्पादन ,विकास र सम्वृद्धि “ भन्ने मूल नाराका साथ शुरु गरिएको महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट,अटो, जनरल,फेन्सी, गार्मेन्ट, डेरी लगायतका करिव तिन सय ५० वटा स्टल रहेका छन् । 

औद्योगिक उत्पादन ,घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुहरुको वजार प्रवद्र्धन,  स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको वजारीकरण गर्ने  महोत्सवको मूल उद्धेश्य रहेको छ । 

महोत्सवको थप आकर्षणका रुपमा  वाल उद्यान,खाना महोत्सव म्यूजिक कन्सर्ट, राष्ट्रिय लोक दोहारी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम,विद्यालयका छात्र छात्राहरुको नृत्य र गायन जस्ता कार्यक्रम राखिएका छन् । 

महोत्सव अवधिभरी  तीन लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा करीव रु एक करोड आम्दानी र  ८० लाख खर्च भई रु ।२० लाख वचत हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनैतिक क्रान्ति सकिएकोले अब सबै दलहरु आर्थिक सम्वृद्धि र विकासतर्फ अग्रसर हुनु पर्नेमा जोडएका थिए । 

अब बन्ने नयां सरकारले परिवर्तनको महशूस हुने गरि काम गर्ने विश्वास व्यक्त गर्दै साविक लेखनाथ नगरपालिकामा प्रादेशिक सभाहल बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक कोइराला, विन्दुकुमार थापा, व्यापार तथा निकासी केन्द्रका  कार्यकारी निर्देशक शरद विक्रम राणा प्रदेश  नं ४ को उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव वहादुर कोइराला, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, बुद्धिकुमारी थापा मगर, लगायतका वक्ताहरुले महोत्सवको बिषयमा बोलेका थिए।  

महोत्सव माघ २२ गतेसम्म चल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ