arrow

चर्चामा राहुल गान्धीको ज्याकेट, यस्तो छ कारण

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
rahul-gandhi3.jpg

काठमाडौं । भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी चर्चामा आइरहन्छन् । अहिलेको चर्चा उनको ज्याकेटलाई लिएर भएको छ । 

मेघालयमा चुनावभन्दा अगाडि शिलोंग पुगेका राहुल गान्धी गान्धीले भारतीय ७० हजार रुपैयाँ महंगो ज्याकेट लगाएर एक कन्सर्टमा सहभागी भएपछि चर्चा बढेको हो । 

नवभारत टाइम्स लेख्छ ‘गत वर्ष उत्तराखण्ड निर्वाचनका क्रममा प्रचार प्रसारका दौरना एक जनसभामा कुर्ताको फाटेको खल्ती देखाउने राहुलमाथि अहिले ७० हजारको ज्याकेट लगाएपछि बीजेपी आक्रामक बनेको छ ।’

बीजेपीको मेघालय युनिटले राहुलको ज्याकेटमाथि प्रश्न उठाएको छ । युनिट लेख्छ –राहुल गान्धीले व्यापक भ्रष्टाचार गरी मेघालय सरकारी खजाना चुसेपछि ब्ल्याकमनीबाट सुटबुटको सरकार ? हाम्रो दुःखमा गीत गाउनुको सट्टा मेघालयको सरकारको रिपोर्ट काड दिन सकिन्थ्यो । गान्धीको उदासिनता हाम्रो मजाक भइरहेको छ ।’

यो ट्वीटसंगै बीजेपीले ज्याकेटको असली फोटोसंगै ज्याकेटको मुल्य पनि पठाएको छ । यसको मुल्य ६८१४५ भारु रहेको पनि जनाइएको छ । 

आखिर अविवाहित ब्याचलर गान्धी केही न केही फन्दामा परिरहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ