अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट गर्यो प्रक्षेपण
प्रकाशित २०७४ माघ २४ बुधबार
1.4k
Shares
काठमाडौं । अमेरिकाले विश्वकै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको हो ।
अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको उक्त रकेटलाई अहिलेसम्मकै शक्तिशाली भनी दाबी गरिएको हो ।
स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ ।
यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।