भाडामा लिएको इन्जिन जोडेपछि वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै
प्रकाशित २०७४ फागुन ८ मंगलबार
206
Shares
काठमाडौं । भाडामा लिएको इन्जिन जडान भएपछि नेपाल वायुसेवा निगमले मंगलबार (आज)देखि नियमित अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । भाडामा लिएको इन्जिन जडान भइसकेको र मंगलबार सिंगापुरबाट काठमाडौं ल्याइपुर्याउने छ ।
युरोपेली जहाज निर्माता कम्पनी एयबसमा निर्मित १५८ सिट क्षमताको ए थ्री ट्वेन्टी– टु हन्ड्रेड सिरीजको यो जहाजको बाया इन्जिन सिंगापुरमा जडान गरिएको हो । मंगलबार हयाण्डलिङ्ग उडान गरेपछि बिना यात्रुको बिमान सिंगापुरबाट काठमाडौं आइपुग्नेछ ।
मंगलबारै मध्यरातमा काठमाडौंबाट मलेसियाको क्वालालाम्पुरमा उडान सुरु हुने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन् ।कंसाकारका अनुसार भाडाको इन्जिन जडान भएपछि मर्मतका लागि न्युजिल्याण्ड लगिनेछ । आउने १५ गते मर्मतका लागि न्युजिल्याण्ड लाने तयारी छ ।
इन्जिन निर्माता कम्पनी अहिले इन्जिन भाडामा दिएको अमेरिकी कम्पनी इन्टरनेशनल एरो इन्जिनले बिग्रिएको इन्जिन बोकेर न्युजिल्याण्ड लानेछ ।