arrow

मध्यमर्स्याङदी जलविद्युत १० दिन बन्द, के भन्छन् कुलमान ?

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
marsyangdi_new.JPG

काठमाडौं । ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत केन्द्र मर्मतका लागि आजदेखि बन्द भएको छ । केन्द्रको बाँधको बाँयातर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतका लागि विहिबारबाट बन्द गरिएको  हो ।

मध्यमर्स्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ व्यहोर्न नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउछन् ।

तर, यसका कारणले प्रणालीमा कुनै समस्या आएमा भने विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारेका छन् । मध्यमर्स्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको हो ।

मर्मत अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेको विद्युत प्राधिकरणले जनाएको छ ।

कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।
कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८ मिटर छ । यो पानीको सतह  गएको वर्षको यही अवधिको तुलनामा करिब ३.८३ मिटर बढी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ