arrow

म्यानमारको राखिन राज्यमा पुनः विस्फोटको क्रम जारी

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
myanmar.JPG

याङ्गुन। म्यानमारको राजधानीबाट पश्चिमी भागमा पर्ने राखिन राज्यमा शनिबार बिहान सवेरै चार वटा बम विस्फोट भएको छ। यस विस्फोटहरुमा परी एक प्रहरीसहित दुई व्यक्ति घाइते भएका राष्ट्रपति कार्यलयले जानकारी दिएको छ।

स्थानीय समयाअनुसार शनिबार विहान ५:४७ बजे सो विस्फोट गराइएको थियो। बम विस्फोट गराइएको इलाकाहरुमा अदालतलगायत आवासिय परिसर, प्रशासन विभाग कार्यालय र जिल्ला र भूमि सुधार विभागका कार्यालयहरु रहेका सरकारी अधिकारीहरुले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन्।

म्यानमारको उत्तरी राज्य शानमा गत बुधबार भएको एक बम विस्फोटमा परी दुई महिलाको मृत्यु हुनको साथै अन्य एघार घाइते भएको केही दिनपछि पुनः राखिन राज्यमा विस्फोटको घटना भएको छ।

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए। गएको अगष्ट २५ देखि देश छोडेर भागेका छ लाख भन्दा बढी शरणार्थी बङ्गलादेशको कोक्स बजार शरणार्थी भएर बसेका छन्।

बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच छलफलल सुरु भएको भनिएता पनि यसको खास प्रगति भने भएको छैन। राखिन राज्यमा नै यस म्यानमार र बङ्गलादेशमा उच्च अधिकारीबीच शरणार्थी फर्काउने विषय वार्ता भएको नै बेलामा पुनः विस्फोटको घटना भएको छ।

यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिनाभित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो। उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका जनाइएको छ।

खासगरी केही शरणार्थीहरु बंगलादेश जानेक्रममा र अरु केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’मा ती शरणार्थीहरु रहेका छन्। शरणार्थी फर्काउने सम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समिति बताएको छ।

विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए। यसरी भागेका शरणार्थीहरु अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन्।

म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ। विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ।

विश्वभरबाट म्यानमारको शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई महिना अघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ