arrow

क-कसको स्वार्थले बलिरहेको छ सिरियामा गृहयुद्धको आगो ? यस्तो छ यथार्थ

८ वर्षमा मारिए ४ लाख ६५ हजार सिरियन

logo
अश्रु किरण,
प्रकाशित २०७४ फागुन १५ मंगलबार
syria_war.jpg

काठमाडौं । सामाजिक सञ्जालमा देखिएका पछिल्ला सिरियाली आक्रमणले सारा विश्वलाई चिन्तित र दुखित बनाएको छ । मानिसको बाँच्न पाउने हकमाथि तानाशाही सिरियाली सरकारले गरेको आक्रमणले सिरियालाई मात्रै होईन सारा विश्वलाई पोलेको छ । भविष्यका कर्णदारहरुले हातमा कलम बोक्नु पर्नेबेलामा आफ्नो ज्यान जोगाउनको लागि गरेको संघर्षमा सम्भवतः सारा विश्वको नै ध्यानाकर्षण भएको हुनसक्छ । तर, दुई शक्ति राष्ट्रको निहीत स्वार्थले बल्झिएको यो गृहयुद्धको घाउले विश्वका अरु मुलुकलाई पनि संक्रमित नपारोस् भन्ने कामना विश्वका जुनसुकै मुलुकले गरिरहेका होलान् । 

पछिल्लो आठ वर्षदेखि चर्किएको सिरियाली गृहयुद्धमा ४ लाख ६५ हजार सिरियनले ज्यान गुमाईसकेका छन् । १० लाख भन्दा बढी घाईते भएका छन् भने १ करोड २० लाख भन्दा बढी घरबार बिहीन बनेका छन् । आफ्नै भूमिमा आफ्नै आमाको काखमा धेरै शिशुहरुले ज्यान गुमाईसकेका छन् । कति पीडादायी मृत्यु सिरियनहरुले वरण गर्नुपरेको छ ? भन्ने कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीर आफैंले विश्लेषण गरेको छ । 

सिरियन यो युद्ध अहिलेको युद्ध भने होईन । अहिलेका सिरियाली राष्ट्रपति बसर अल असदका पिताले सन् १९८२ सालमा सिरियामा विद्रोहको विउ रोपेका थिए । त्यतिबेलासम्म आपसी सद्भाव र भाइचाराको भाव रहेका सिरियाली मुसलमानहरुको आस्थाको धरोहर भत्काएसँगै सन् १९८२ सालदेखि सिरियामा एक किसिमको बिद्रोह सुरु भएको थियो । सिरियाको हमा शहरमा त्यतिबेला भएको सैन्य आक्रमणमा नै दशौं हजार मानिस मारेसँगै सिरियाको वातावरणले शान्तिको सास फेर्न पाएको छैन । तानाशाही प्रवृत्तिका नेताहरुले सत्ता पाउनको लागि कतिसम्मको हत्कण्डा अपनाउँछन् भन्ने उदाहरण पनि बनेको छ सिरियाको यो युद्ध ।  

स्वतन्त्रताको अभावसँगै सिरियालीहरुमा आर्थिक विकासमा समेत देखिएको न्यून प्रगतिका कारण सिरियाली सरकारप्रति असन्तुष्टि र घृणाको भाव विस्तारै नागरिकहरुमा उम्रिदै गएको थियो । यही समयमा सन् २०११ मा ट्यूनिसिया र ईजिप्टका राष्ट्रपतिहरुले सिरियाको यो भित्रभित्रै गुम्सिएको विद्रोहको आगोलाई बाहिर ल्याउन मद्दत गरे । त्यहाँको प्रजातन्त्रबादी शक्तिलाई उनीहरुले आश्वासन मात्रै दिएनन् । थोरबहुत हातहतियारमा समेत सहयोग गरेपछि विधिवत रुपमा सन् २०११ देखि सिरियामा हिंशात्मक विद्रोहको सुरुवात भयो । 

'अरब स्पिरिङ' अर्थात् 'अरबमा बसन्त'को नाममा आन्दोलन शान्तिपूर्ण रुपमा चलिरहेको थियो । आन्दोलनको क्रममा एकजना १३ वर्षीया बालकले आन्दोलनको पक्षमा हुनेगरी एउटा भित्तेलेखन तयार पारेका थिए । ती बालकलाई जब सिरियाली सरकारले उत्पीडित र अत्यासलाग्दो रुपमा हत्या गर्यो त्यसपछि सिरियाको शान्तिपूर्ण आन्दोलन सीमा रेखा भन्दा बाहिर पुग्यो । त्यतिबेला पनि सरकारको नेतृत्व असदले नै गरिरहेका थिए । त्यहिबेला उनले सयौं प्रदर्शनकारीको हत्या गरेका थिए भने हजारौं प्रदर्शनकारीलाई बन्दी बनाएर राखेका थिए । 

मार्चमा यस्तो घटना घटेपछि जुलाई २०११ मा सरकारले फ्रि सिरियन आर्मीको नाममा विद्रोहीसँग युद्ध गर्नको लागि छुट्टै सैन्य दस्ताको स्थापना गर्यो । विद्रोहीहरुलाई निशाना बनाएर सिरियाली आर्मीबाटै छुट्टै सैन्य दस्ता स्थापना गरेपछि औपचारिक रुपमा सिरियामा गृहयुद्ध सुरु भयो । 

सिरिया सरकारले तयार पारेको सैन्य दस्ता पनि साम्प्रदायिक छैन भनिएपनि साम्प्रदायिक बनाउन थालियो । सिरियामा धेरै मानिस सुन्नी सम्प्रदायको भएपनि सैन्यबलमा भने अलवी सम्प्रदायका मानिसहरुलाई भर्ति गराउन थालियो । जुन सम्प्रदायमा राष्ट्रपति असद पनि सदस्य छन् । 

अन्तराष्ट्रिय हस्तक्षेप 
यसरी मुलुक गृहयुद्धमा फसेसँगै अन्तराष्ट्रिय चासोमा पर्न थाल्यो सिरिया । विद्रोहको आगो बल्दै जाँदा सबैभन्दा पहिले सन् २०१५ मा रसियाले असद नेतृत्वको सरकारलाई सहयोग गर्न थाल्यो । त्यस लगत्तै ईरान ईराक र लेभनानले पनि यही सरकारलाई समर्थन गर्न थाल्यो । तर, सुन्नी सम्प्रदायको बाहुल्यता रहेको टर्की, कतार र साउदी अरेबियाले भने विद्रोही पक्षलाई सहयोग गर्न थालेपछि झनै उच्च विन्दूमा पुग्यो सिरियाको गृहयुद्ध । 

सन् १९१६ मा टर्किस् सैन्य टोलीले आफ्नो सीमा नजिकै धेरै आईएसआईएल र कुर्दिस समूह विरुद्ध विभिन्न आक्रमणहरु गर्यो । अमेरिकाले पनि अन्तराष्ट्रिय आतंकारी घोषणा गर्दै आइएस विरुद्ध विभिन्न ठाउँमा गोलाबारी गरेको थियो । सन् २०१४ सालमा नै उसले असद विरुद्धका विद्रोहीहरुलाई सहयोग गरिसकेको थियो । 

अमेरिका र रसियाको युद्ध
यो युद्धमा अमेरिकाले खुलेर विद्रोहीको पक्षमा वकालत गरेको छ भने रसियाले खुलेर कुरा नगरेको भएपनि भित्र भित्रै सरकार पक्षलाई समर्थन गरेको छ । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामाले सिरियामा भएको आणविक हतियारलाई रातो घेरा नाघिसकेको भन्दै तत्कालै हस्तक्षेपको आवश्यकता औल्याएका थिए । पछि २०१७ को अप्रिलमा अमेरिकाले असद सरकार विरुद्ध सीधा सैन्य आक्रमण गरेको थियो । तर, रसियाले भने अझै पनि असद नेतृत्वको सरकारकै पक्षमा वकालत गर्दै आएको छ । 

शान्ति वार्ताका श्रृंखलाहरु 
पहिलो पटक संयुक्त राष्ट्र संघको पहलमा सन् २०१२ जुन महिनामा स्वीट्जरल्याण्डको जेनेभामा बैठक बसेको थियो । पछिल्लो पटक सन् २०१७ डिसेम्बर महिनामा पनि बैठक बसेको हो । तर, त्यहाँ सहमती हुन नसकेपछि जस्तालाई त्यस्तै गर्ने भन्दै बैठक विना निष्कर्ष टुंगिएको थियो । त्यसबीचमा २०१७ मे महिनामा पनि बैठक राखिएको थियो । तर, त्यहाँ पनि सहमती हुन सकेन । पछि २०१८ जनवरीमा पनि बैठक बसेपनि त्यसमा पनि सहमती हुन नसकेपछि युद्ध झनै चर्किएको हो । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ