उपत्यकामा सोमबारदेखि पेट्रोल किन्दा एक रुपैयाँ सस्तो
प्रकाशित २०७४ फागुन २० आइतबार
215
Shares
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ बाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । रासस