arrow

महेन्द्र राय भन्छन् : उमेर बढी भयो अलि शर्म लागेर सपथ खान गइन, बृद्ध भत्ता खाएको छैन

(रोचक कुराकानी)

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
mahendra.JPG

नागरिकताको आधारमा संघीय संसदका सबै भन्दा पाका सांसद हुन् राष्ट्रिय जनाता पार्टीका एकजना अध्यक्ष महेन्द्र राय यादव । नियमावली अनुसार संसदको सबभन्दा जेठो सदस्यले बाँकी संसदलाई सपथ खुवाउनुपर्छ ।

सरकारी रेकर्डमा उनको उमेर ८० पुुगेको छ । हिजो उनैले सांसदहरुलाई सपथ खुवाउनुपथ्र्यो । तर, उनी आफैं हिजोको सपथमा गयल भए । उनी उपस्थित नभएपछि, राजपा अध्यक्ष मण्डलका संयोजक एवं सांसद महन्थ ठाकुरले सपथ खुवाए । यही विषयमा हामीले ज्येष्ठ सांसद महेन्द्रराय यादवसँग कुरा गरेका छौं :

० हिजो सपथ खान किन नजानु भाको ?
संसद जस्तो गरिमामय ठाउँमा, सत्य निष्ठा पूर्वक सपथ लिनुपर्ने ठाउँमा जान हुँदैन भनेर स्वविवेकले निर्णय गरें । सपथ गर्न नहुने अबस्था थियो । नागरिकता उमेरको हिसाबले ज्येष्ठता थियो । उमेर अलि बढी नै भएकोले, उचित लागेन त्यसकारण गइएन ।

० सपथ त लिनु पर्ला नि त ?
–आज ३ बजे लिने । कानूनी प्रावधान नै त्यस्तै छ ।

० तपाईंको नागरिकतामा के भाको हो ?
–उमेर अलि बढी भयो ।

० बढी भनेको कति ?
–उमेर अलि बढी नै भएको नाताले आफैलाई पनि अलिकता अलि उचित लागेन । संसद जस्तो गरीमा बढाउनुपर्ने ठाउँमा आफैं महसुस भइसकेपछि किन जाने ?

० शर्म लागेर हो, हिजोको सपथमा नजानुभाको ?
–(हा..हा) अम्, अलि असजिलो लाग्यो ।

० तपाईंको नागरिकता अनुसार उमेर ८० वर्ष पुुगेको हो ?
–हो, हो ।

० अनि तपाईंको वास्ताविक उमेर चाहिँ ?
–वास्तविक उमेर त्यति छैन । हा.. हा....

० कति अरे ?
–वास्तविक उमेर त्यति धेरै छैन मेरो । त्यही भएर हिजोको सपथ छोडिदिएको ।

० ६२, ६३ भन्या सुन्याथें कति हो भन्दिनु न ?
–त्यति होइन ।

० कति हो त ?
–अ..... अहिले ६५ हो ।

० सिक्टी फाइभ् ?
–अँ..., हो ।

० १५ वर्षे फरक परेछ । नागरिकता बनाउने बेला हेर्नु भएन ?
–होइन, त्यतिबेला पनि भने कै हो नि । पहिले टोली आउँदाको नम्बर थियो । हाल्दिहाल्यो । पछि प्रयास पनि गरेकै हो, मान्दिएन ।

० कति सालमा बनाउनुभएको हो नि नागरिकता ?
–खै ४५, ४६ तिर हो कि जस्तो लाग्छ, टोली आको बेलामा हो । त्यतिबेला अलि याद भएन । पछि अर्को नागरिकता लिँदा पनि । त्यो सालको याद छैन ।

० बृद्ध भत्ता खानु भाको छ कि छैन नि ?
–छैन, छैन, छैन ।

० किन नि ?  
–छैन, छैन, छैन ।

० त्यो त सरकारबाट पाउने अधिकार होनि त !
–हैन त्यो त आफ्नो ठाउँमा हो । छैन, छैन, त्यो भत्ता सत्ता लिएको छैन ।

० अनि उमेरै ८० वर्ष भएछ त, के हुन्छ त्यो भत्ता चाहिँ ?
–एसो छ के, आफुले पनि उमेरलाई यथार्थ त बुझिएन नि । नागरिकतामा जे लेखे पनि, कानुनले त त्यो (भत्ता) प्राप्त हो, आफ्नो विवेकले त त्यो प्रयोग गर्न मिलेन नि । विवेक पनि छ नि त । (हल्का हाँस्दै) त्यो विवेकको आधारमा प्रयोग नगरेको हो ।

० अब सच्याउने होइन त नागरिकताको उमेर ?
–हँ ? कहाँ सच्याइदिन्छ त, हा हा हा ।

० हैन जन्ममिति बिग्रियो भनेर सच्याउन पनि पाइँदैन भन्या ?
–हल्ला हाँस्दै,,,, पाइँदैन नि, बनाइदिए त हो नि । सत्याइदि त राम्रो हुन्छ नि । मैले कतिपल्ट प्रयास गरेको ।

० सीडीओले मानेनन् ?
–हो हो ।

० के भने र सीडीओले ?
–के भन्थे, यो मिलेन कानुनले, यो कसरी हुन्छ भन्छ ? के त्यसमा विवाद राखिराख्नु भनें ।

० नागरिकता पीडित हो तपाई ?
–हाँस्दै नागरिकता पीडित । उमेर पनि बढाइदिए ।

० जन्म मिति पीडित ?
–हा हा हा । सच्याइदिन के गर्ने भन्नु त ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ