arrow

शक्तिशाली बन्न खोज्दा यसरी चुके चिनियाँ राष्ट्रपति, असन्तुष्टि सुरु

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
xi-jinping-armyman-china.jpg

काठमाडौं । ५ वर्ष पहिले राष्ट्रपति बनेका चिनियाँ राष्ट्रपति सि चिनफिंगले छोटो समयमा नै सत्तामा आफ्नो पकड राख्न सफल भएका छन् । उनको सत्तामा पकड बढेसँगै पछिल्लो पटक चिनियाँ संविधानमा २००४ सालपछि फेरि महत्वपूर्ण विषयमा परिमार्जन गरिँदैछ । महत्वपूर्ण विषय सिको यो पकडको विषय होईन बरु उनले यो संविधान संशोधनको लागि महिनौ अघिदेखि तयारी सुरु गरिरहेको विषय सार्वजनिक भएको छ । सिले आफ्नो पकड कायम गर्नको लागि निकै चातुर्यतापूर्वक काम गरेको विषय सार्वजनिक भएको हो । 

चीनको संसद (नेशनल पिपुल्स कांग्रेस) को बैठक सत्र सुरु हुनु भन्दा ठीक अघिल्लो साता सिले अचानक यो घोषणा गरेका थिए । केही महिना अघि उनी अर्काे कार्यकालको लागि चुनिने समयमा उनले त्यसपछिको उत्तराधिकारी नतोक्नुले पनि धेरैले उनको दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने ईच्छा नै मूल कारण रहेको आँकलन धेरैले गरिसकेका थिए । 

आइतबार हुने भोटिङको समयमा पनि कँग्रेसले दोस्रो संविधान संशोधनको लागि मञ्जुरी दिने तयारी भईरहेको बताईएको छ । पछिल्लो ३५ वर्षदेखि चीनको संविधानमा राष्ट्रपतिमा ५ वर्षको दरमा दुई कार्यकाल मात्रै उम्मेदवारी दिन पाईने उल्लेख गरिएको थियो । चिनियाँ कँग्रेसको दुई तिहाईले यो प्रस्ताव पास गरेपछि संविधान संशोधन गर्नसक्ने अधिकार सिसँग हुन्छ । तर, उनले सकेसम्म सबैलाई मिलाएर जान चाहिरहेका छन् । 

सिका एक निकटस्थ पनि सि को बढ्दो कदबाट चकित छन् । सन् १९८९ मा के तियानमेन चोकमा भारी विरोध प्रदर्शनको क्रममा हटाईएका लीडर झाओ जियाङ्गका सल्लाहकार वू वी ने भनेका छन् मैले २ वा ३ कार्यकाल सम्मको लागि केही प्रेजिडेन्सल सिस्टम आउनसक्ने देखेको भएपनि स‌विधान नै यति छिटो संशोधन हुन्छ भन्नेमा भने आफूले आँकलनसम्म नगरेको बताएका छन् । उनले सिको यो प्रस्तावले आफू अचम्ममा परेको पनि बताए । 

उनले संविधान संशोधन गर्दा देशभरका जनताको राय लिनुपर्नेमा हतारमा सिले संविधान संशोधन गरेको आरोप लगाएका छन् । उनले संविधान संशोधनको विषयमा बाहिर चर्चा समेत नगरी एकलौटी निर्णय गरेको आरोप समेत लगाएको समाचार भारतीय सञ्चार माध्यम नवभारत टाइम्समा उल्लेख गरिएको छ । यस भन्दा पहिले संविधान संशोधन गर्नको लागि आम सहमति जुटाउने हेतुले सम्मेलनको आयोजना गर्ने गरिएको थियो । तर, सिले आफ्नै निकटस्थहरुलाई संशोधनको मस्यौदा तयार पार्न लगाएर यस्तो व्यवस्था राखेको गुनासाहरु पनि आउन थालेको छ  ।

संविधानको संशोधनको यो समयमा उनले पार्टीमाथि समेत ठूलो निगरानी राखेका थिए । गत अक्टोबरमा भएको राष्ट्रपतिका उत्तराधिकारी छान्नको लागि भएको सम्मेलनमा सिले आफू अनुकूलका नेताहरुलाई शक्तिशाली स्थायी समितिमा ल्याएका थिए । यसबीचमा उनले बहसका लागि कम मौका दिए भने पार्टी भित्र आन्तरिक चर्चा समेत कम गरेको आरोप लाग्न लागेको छ । एक अधिकारीले दिएको जानकारी अनुसार २५ जना शक्तिशाली नेताहरु रहेको पार्टी पोलिटब्यूरोमा गत डिसेम्बर २९ मा मात्रै सिले यस्तो प्रस्ताव पेश गरेको थिए । त्यतिबेलासम्म सिले संविधानको संशोधन मस्यौदा समेत तयार पारिसकेको ती अधिकारीले जानकारी दिए । पोलिटब्यूरो चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा शक्तिशाली समिति हो । 

ती अधिकारीले कारबाही हुने भएकोले नाम नबताउने शर्तमा भने कि सो बैठकमा समेत सिले कार्यकाल तुरुन्त हटाउने विषयमा छलफल गरेका थिएनन् । उनले गलत सन्देश नजाओस् भनेर नै यस्तो गरेको ती अधिकारीको आशंका छ । त्यो बैठक भन्दा पहिले नै सिले प्रान्त तथा महत्वपूर्ण शहरहरुमा आफ्ना सहयोगी मार्फत् यस किसिमको बहस अप्रत्यक्ष रुपमा चलाईरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ