arrow

एमालेबाट निर्वाचित अध्यक्षले गरे एमालेबाटै निर्वाचित महिला उपाध्यक्षमाथि हातपात

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
kalika-pathak-bin-kumar-thami-kalinchowk-gaunpalika.jpg

दोलखा। गाउँपालिकाको केन्द्र विवादमा एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्षबीचमै हात हालाहालको अवस्था सिर्जना भएको छ। गाउँपालिकाको अस्थायि केन्द्रलाई स्थायी रुपमा तोक्ने सम्वन्धमा एमालेबाट निर्वाचित नेताहरु हात हालाहालमा उत्रिएपछि दोलखामा यो घटनाले तरङग ल्याएको छ। 

गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमा वैठक चलिरहँदा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन्। थामीले पाठकलाई अन्तराष्ट्रिय महिला दिवसकै दिन हातपात गरेका हुन्। 

आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरेको उपाध्यक्ष पाठकले बताएकी छन्। कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो। 

गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो।

अध्यक्ष थामीको गाउँ लापिलाङ हो भने उपाध्यक्ष पाठकको गाउँ सुनखानी हो। गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक फरक मत आएको थियो।

एकमत हुन नसकेका जनप्रतिनिधीहरु निष्कर्षमा पुग्न नसकेपछि उनीहरु छलफलमा जुटेपनि झन विवाद बढ्ने गरि हातपातमा उत्रिएका छन्। एक स्थानियले अबको वैठक त सुरक्षाकर्मी राखेर गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

महिला अधिकारकर्मीहरुले भने महिला जनप्रतिनिधीमाथि भएको हातपातको कडा शब्दमा निन्दा गरेका छन्। निर्वाचित महिला उपाध्यक्ष माथि हातपात गर्ने अध्यक्षमाथि कार्वाही गर्न एमाले जिल्ला कमिटीमाथि समेत दवाव परेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ