arrow

नेपाली बैंकिङ क्षेत्रमा 'कार्टेलिङ'को बहस 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
bank-q.jpg

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा कार्टेलिङको बहस सुरु भएको छ । बैंकर एशोसिएसनले गरेको निर्णय नमानेको भन्दै एनआईसी एशिया बैंकलाई अन्य बैंकहरुले सहयोग नगर्ने विषय सार्वजनिक भएसँगै बैंकिङ क्षेत्रको कार्टेलिङको विषय बाहिर आएको हो ।

गत साता मात्रै बैंकर्स एशोसिएसनले बैंकहरुमा पैसा कम भएको मौकामा प्रतिस्पर्धाको नीति विर्सिएर ८ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने भद्र सहमती गरेको थियो । यो सहमतीले बैंकिङ क्षेत्रमा कार्टेलिङको सुरुवात हुने भन्दै एनआईसी एशियाले सो निर्णय मानेको छैन ।

बैंकर्स संघले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमती गरेको केही दिनमा नै एनआइसी एशियाले बचत र मुद्दतिमा १२ प्रतिशत र १० प्रतिशत ब्याज दिने निर्णय गरेको छ । उसले विज्ञापन नै गरेर सो कार्टेलिङ विरुद्धको निर्णयलाई प्रचारप्रसार गरेको छ । तर, एनआईसी एशियाको यो कदमको विरोधमा बैंकर्स एशोसिएसनले एनआईसी एशियासँग कुनैपनि बैंकले कुनैपनि कारोबार नगर्ने निर्णय गरेको समाचार बाहिर आएको छ । 

खुल्ला बजार अर्थनीतिमा पुरा मुलुक चलिरहेको बेलामा यही नीतिलाई चुनौती दिनेगरी बैंकर्स एशोसियसनले यस्तो सहमती गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ