कपिलवस्तु । जो कोहीलाई रातमा पनि महोत्सव लाग्छ र सामान्य गित संगिंत र सास्कृतिक १ दिनको कार्यक्रम मात्र होला भन्ने लाग्छ । तर कपिलवस्तुको सखरमुकाममा विगत ५ वर्ष देखी नै ११ दिन सम्म रातमा महोत्सव संचालनमा छ । दिनमा कामको व्यस्थतालाई मध्यनजर गर्दै रातको ८ बजेबाट मेला सूरु हुन्छ र ११ देखी १२ सम्म मेला संचालनमा आउने गरेको छ ।
अन्य क्षेत्रका महोत्सव जस्तै तौलिहमा पनि व्यापार, उद्योग, पर्यटन तथा अन्य सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तृती रहने गर्दछ । आयोजकको रुपमा तौलिहवा उद्योग वाणिज्य संघ रहेको छ । तौलिहवाको बुद्ध पद्म माविको खेल मैदानमा जब साझंको ७ बच्छ तव गित संगित मय बन्छ तौलिहवा बजार । स्थानीय प्रशासनको अनुमतीमा मेला रातमा संचालन गर्दा कुनै पनि समस्या नहुने र सबैलाई मनोरञ्जन तथा कृषि,व्यापार तथा अन्य पक्षको कार्य हुने मेला संयोजक गयादिन कुर्मी बताउछन् । जिल्ला तथा मित्र राष्ट् भारतवाट समेत रातमा दर्शक आएर मेला अवलोकन गर्ने हुंदा प्रत्यक दिन १० देखी १२ हजारले मेला अवलोकन गरिरहेको समेत कुर्मीले बताए ।
मेलामा लोक तथा दोहरी गायन , नटराज डान्स गु्रप बुटवल रराष्ट्यि तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । , त्यस्तै ,स्थानीय तथा भारतिय कलाकारहरुको समेत प्रस्तुती रहेको महोत्सव सास्कृति उप समिति संयोजक अर्जुन चापागाईले बताए । वालवालिकाहको लागी दिनमा विद्यालय जानु पर्ने तर रातमा जान नर्पदा वालवालिका तथा आफुहरु परिवारहरु मिलेर नियमित मेला अवलोकन गर्ने गरेको स्थानीय महिला दिपा चापागाईले बताइन ।
कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका साथ पाचांै प्राचिन कपिलवस्तु महोत्सव २०७४ को संचालनमा रहेको छ । बाल उद्यान, संस्कृति तथा मनोरञ्जमा दर्शक तथा वालवालिकाहरु रमाएका छन् ।
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध पद्म मा वि को खेलमैदानमा शुरु भएको महोत्सव फाल्गुन २० देखी सुरु भएको र ३० गते सम्म चल्ने छ ।
ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनहरुलाई बढवा दिने उद्दश्यले महोत्सव राखिएको हो । महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहेको संघका सचिव अुर्जन चापागाईले बताए । बुद्ध परिपथम महोत्सवको प्रमुख आकषंक केन्द्र रहेको छ । महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भोजपुरी कलाकारहरुको प्रर्दशनी रहेको छ । ढेड लाख दर्शकहरुले महोत्सवको अवलोकन गरी २ करोड बढीको करोवार हुने संघको कोषाध्यक्ष अनन्त भारतीले बताए ।