arrow

नेपालमै एक मात्र रातमा चल्ने महोत्सव आर्कषक बन्दै

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७४ फागुन २६ शनिबार
kapils.jpg

कपिलवस्तु ।   जो कोहीलाई रातमा पनि महोत्सव लाग्छ र सामान्य गित संगिंत र सास्कृतिक १ दिनको कार्यक्रम मात्र होला भन्ने लाग्छ । तर कपिलवस्तुको सखरमुकाममा विगत ५ वर्ष देखी नै ११ दिन सम्म रातमा महोत्सव संचालनमा छ । दिनमा कामको व्यस्थतालाई मध्यनजर गर्दै रातको ८ बजेबाट मेला सूरु हुन्छ र ११ देखी १२ सम्म मेला संचालनमा आउने गरेको छ ।

अन्य क्षेत्रका महोत्सव जस्तै तौलिहमा पनि व्यापार, उद्योग, पर्यटन तथा अन्य सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तृती रहने गर्दछ । आयोजकको रुपमा तौलिहवा उद्योग वाणिज्य संघ रहेको छ । तौलिहवाको बुद्ध पद्म माविको खेल मैदानमा जब साझंको ७ बच्छ तव गित संगित मय बन्छ तौलिहवा बजार । स्थानीय प्रशासनको अनुमतीमा मेला रातमा संचालन गर्दा कुनै पनि समस्या नहुने र सबैलाई मनोरञ्जन तथा कृषि,व्यापार तथा अन्य पक्षको कार्य हुने मेला संयोजक गयादिन कुर्मी बताउछन् । जिल्ला तथा मित्र राष्ट् भारतवाट समेत रातमा दर्शक आएर मेला अवलोकन गर्ने हुंदा प्रत्यक दिन १० देखी १२ हजारले मेला अवलोकन गरिरहेको समेत कुर्मीले बताए ।

मेलामा लोक तथा दोहरी  गायन , नटराज डान्स गु्रप बुटवल रराष्ट्यि तथा  स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । , त्यस्तै ,स्थानीय तथा भारतिय कलाकारहरुको समेत प्रस्तुती रहेको  महोत्सव सास्कृति उप समिति संयोजक अर्जुन चापागाईले बताए । वालवालिकाहको लागी दिनमा विद्यालय जानु पर्ने तर रातमा जान नर्पदा वालवालिका तथा आफुहरु परिवारहरु मिलेर नियमित मेला अवलोकन गर्ने गरेको स्थानीय महिला दिपा चापागाईले बताइन ।

कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका साथ पाचांै प्राचिन कपिलवस्तु महोत्सव २०७४ को  संचालनमा रहेको छ ।   बाल उद्यान, संस्कृति तथा मनोरञ्जमा दर्शक तथा वालवालिकाहरु रमाएका छन् ।
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध पद्म मा वि को खेलमैदानमा शुरु भएको महोत्सव फाल्गुन  २० देखी सुरु भएको र ३० गते सम्म  चल्ने छ ।

ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनहरुलाई बढवा दिने उद्दश्यले महोत्सव राखिएको हो ।  महोत्सवमा कृषि, पर्यटन,  ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहेको  संघका सचिव अुर्जन चापागाईले बताए । बुद्ध परिपथम महोत्सवको प्रमुख आकषंक केन्द्र रहेको छ  । महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भोजपुरी कलाकारहरुको प्रर्दशनी रहेको छ  । ढेड लाख दर्शकहरुले महोत्सवको अवलोकन गरी २ करोड बढीको करोवार हुने संघको कोषाध्यक्ष अनन्त भारतीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ