arrow

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
tea-festival.jpg

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ । 

काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि त्यसको आपूर्ति हुन नसकेको अवस्थामा महोत्सवले स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । 

महोत्सवमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित देशको विशेषता तथा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे अन्तक्र्रिया र त्यहाँ उत्पादन हुने चिया प्रदर्शन गरिने कार्यक्रम छ । 

महोत्सवका बेला विदेशी पाहुनालाई सगरमाथाको आधारशीला स्याङबोचेमा लगेर नेपाली चिया खुवाउने कार्यक्रम रहेको बताइएको छ ।

  मुलुकबाट करिब रु तीन अर्ब बराबरको चिया विभिन्न मुलुकमा निर्यात हुने गरेको बोर्डले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ