arrow

कपास उद्योगमा भीषण आगलागी

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
fire.jpeg

चितवन । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा शुक्रबार बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चन्दना कोइरालाको सो गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९ः४५ बजे नियन्त्रणमा लिइएको थियो । 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ