चार करोडको लगानीमा जडिबुढी प्रशोधन केन्द्र सञ्चालनमा आउने
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ चैत ११ आइतबार
578
Shares
कैलाली। कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर ८ गप्कामा जडिबुढी प्रशोधन केन्द्र सञ्चालनमा आउने भएको छ । ४ करोड रुपैयाको लगानीमा २०७५ साउन महिना भित्र सञ्चालनमा ल्याउने गरी सगरमाथा प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरीएको छ ।
केन्द्रको सिलान्यास उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गर्नु भएको थियो । उद्योगको सिलान्यास गदै महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्रदेश नम्बर ७ जडिबुटीको खानी भएको बताए । प्रदेश नम्बर सात विकासको सम्भावना बोकेको क्षेत्र भएको भन्दै यस्ता उद्योग सञ्चालनमा आय यस प्रदेशको आर्थिक संम्बृद्धिले छिट्टै फड्को मार्ने विश्वास ब्यक्त गरे।
शुरुमा चार करोडको लगानीमा कैलालीमा स्थापना गरीने यो उद्योगले प्रदेश नम्बर ७ का अन्य ८ वटै जिल्लामा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । यस्ता उद्योग स्थापनाले यस प्रदेशको गरिवी र बेरोजगारी न्युनिकरण हुनेमा आफुले विश्वास लिएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले बताए ।
जिल्ला समन्वय समितिका संयोजक समेत रहेका उद्योगपति सुर्यबहादुर थापा, खडानन्द सापकोटा र जयलाल कोईरालाको संयुक्त लगानीमा उद्योग संञ्चालनमा ल्याउन लागीएको हो ।
प्रशोधन केन्दका सञ्चालक खडानन्द सापकोटाले प्रदेश नम्बर ७ लाई जडिबुटीको पकेट क्षेत्रको रुपमा विकास गर्ने हेतुले उद्योगको स्थापना गरीएको बताए । यस क्षेत्रका बेरोजगार युवा हरुलाई स्वरोजगार बन्न यस उद्योगले सहयोग गर्ने बताउदै सापकोटाले यस क्षेत्रका बन तथा सामुदायिक बनमा खेर गैरहेका जडिबुटीले समेत यस क्षेत्रको आर्थिक संबृद्धिमा सहयोग पुर्याउने बताए ।