arrow

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई भन्छन नेताले कार्यकर्ता र जनताले नेता पत्याएनन, त्यसकारण हामी हार्‍यौ 

संविधान जारी गरेको जस लिन सकेनौ 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ चैत १२ सोमबार
govinda-bhattarai.jpg

काठमाडौं। संविधान जारी गरेपछि त्यसको वनरसिप लिएर त्यो सन्देश गाँउ गाँउमा लैजानुपर्दथ्यो । तर काँग्रेसले त्यसो गर्न सकेन । नेपाली काँग्रेस त्यो बेला मधेशी दलहरुका माग पुर्या‍उन लाग्यो । यी माग पुरा गर्नु हुँदैन भन्ने होइन तर कांग्रेसले संविधान जारी गरेको अनरसिप लिने भन्दा बढि मधेशी दलहरुका माग पुरा गर्न केन्द्रीत भयौं । अर्को भनेको मधेशी दलहरु बोर्डर बन्द गर्ने, कांग्रेसको त्यसको विरोधमा बोल्न नसक्ने, त्यसै गरि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा कांग्रेस मधेशी दलहरुको पछि पछि दगुर्यो‍ । यसको नकारात्मक असर पहाडमा पर्यो‍ । यो दुईवटा विषयको अन्तरद्धन्द कांग्रेसले जनतालाई बुझाउन सकेन । पहाडमा केपी ओलीको खोक्रो राष्ट्रवादी नाराले स्पेस पायो । मधेशमा पनि मधेशी दलहरु र फेरि एमालेले खेल्ने मौका पायो । कांग्रेसले समयमा संविधान जारी गरेको वनरसिप लिएको भए यो अवस्था आउदैनथ्यो । संविधान जारी गरेलगत्तै पार्टीले जनतालाई के के अधिकार दियौँ भनि गाउँ गाउँमा पुग्ने र निर्वाचनमा जनताको मत तान्ने पूर्वतयारी पनि हामीले गर्न सकेनौ र यसको जस पनि लिन सकेनौँ । बरु उल्टै हिमाल र पहाडमा नाकाबन्दीको विरोध नगरेको भन्दै जनता रिसाए भने मधेसमा आफ्नो अधिकार खोस्न लाग्योे भन्ने गलत सन्देश गएपछि सबै ठाउँमा पार्टीले पकड जमाउन सकनौ । 

गठबन्धन कल्चर देखाउन सकेनौ 
संविधान बनाउदा ४० प्रतिशत समानुपातिकको सिटको व्यवस्था गरियो । कांग्रेस केन्द्रीय समितिको बैठकले २० प्रतिशतसम्म समानुपातिक सिटमा संझौता गर्ने म्याण्डेट दिएको थियो । मेरो व्यक्तीगत विचार समानुपातिक सिटको व्यवस्था गर्ने भन्दा पनि यो समानुपतिक व्यवस्था सहितको संसद राष्ट्रियसभालाई बनाउनुपर्छ भन्ने थियो । तर संविधानमा ४० प्रतिशत समानुपातिकको व्यावस्था गरियो । ४० प्रतिशत समानुपातिक व्यवस्था गर्दै गर्दा कुनै एउटा पार्टीको बहुमत आउने कुराको विश्वास गर्ने अवस्था थिए । त्यो भएपछि गठनबन्धन संस्कृतिको विकास गर्न सकेनौ । सरकारमा संगै भएको, स्थानीय तहको चुनावमा गठबन्धन बनाएको माओवादीले एमालेसंग गठबन्धन बनाउदा सुइको समेत पाएनौ । माओवादीलाई टाढा पु¥याउने काम किन भयो । भरतपुर महानगर एउटा दिदा माओवादीले देशभर सहयोग गर्छ भनेर स्थानीय चुनाव अगाडि सभापति जीले मलाई भन्नुभएको थियो । तर भरतपुरमा त सहयोग चाँही गरियो तर हतारमा अनि ढिलो गरेर गरियो । हाम्रो उम्मेदवार दिने अनि उम्मेदवार फिर्ता गरेर अपरिपक्क ढंगबाट भरतपुरमा माओवादीलाई सहयोग गर्ने निर्णय गरियो । 

अर्को भनेको मधेशवादी दलहरुलाई हामीले आफुलाई विर्सेर सहयोग गरियो तर किन मधेशी दलहरुलाई हामीले मात्र सहयोग गर्ने अवस्था आयो । मधेशी दलहरुसंग किन हाम्रो गठबन्धन बन्न सकेन ? मधेशी दलका नेताहरुलाई हामीले सहयोग गरियौं तर उनीहरुको सहयोग किन भएन ? यो बारेमा पार्टी सभापति महामन्त्री वा त्यो बेला मधेशी नेताहरुसंग निरन्तर छलफल चलाउने नेताहरुबाट यो केन्द्रीय समितिको बैठकमा प्रतिवेदनका रुपमा आउनुपर्दथ्यो । अर्को भनेको लोकतान्त्रीक गठबनधनको विषय हामीले उठायौं, तर कमजोर भएको स्थानीयमा आफ्नो अस्तित्व नै गुमाएका शक्तीलाई गठबन्धन गरियो तर ती शक्तीहरु पनि सम्पुर्ण रुपमा कि हामीसंगै राख्न सकनौ । किन हामीले उनीहरुलाई मात्र सहयोग गरियौं । 

निर्वाचनमा जाने तयारी नै भएन 
हामीले कुनैपछि तहको निर्वाचनको कुनै तयारी नै गरेनौं । केन्द्रीय समितिले टिकट बाड्ने भन्दा अरु कुनै काम गरेन । काम गरेको भए के काम ग¥यो  नेताहरुले बताउनुप¥यो । दुईवर्ष भयो यो केन्द्रीय समिति आएको, संविधान  जारी हुने वित्तिकै मुलुक निर्वाचनमा होमिन्छ भन्ने जानकारी हुँदा हुँदै किन निर्वाचन तयारीमा लागेनौ । हामीले देशभर कति सुचना संकलन गरियौं । हामी निर्वाचनको तयारी भन्दा बढि सत्ता केन्द्रीत भयौ कि ? पार्टीका  नेताहरु सवै निर्वाचन क्षेत्रमा पुगे । को को नेतालाई कहाँ कहाँ खटाइयो । पार्टीले कुनै पनि तयारी नगर्ने निर्वाचनमा होमिएको सन्देश नदिने अनि परिणाम मात्रै खोजेर हुन्छ । किन पाटीलाई परिचालन गरिएन ? संगठन कमजोर थियो । अराजक थियो । संगठनका संरचना बनाउने काम भएन । पंचायतकालमा एउटा नेपाल बिद्यार्थी संघ पंचायत ढाल्नका लागि काफी थियो । त्यो नेपाल बिद्यार्थी संघ मात्र एउटा भ्रातृ संस्था थियो । तर अहिले धेरै भ्रातृ संस्था छन् । अहिले भएका भ्रातृसंस्था कहाँ छन ? तिनको कार्यालय चलेको छ ? कुनै कार्यक्रम छन ? गतिविधी छन् कि नाम र नेतामात्रै बनाइएको छ ? किन बनाइयो भ्रातृसंस्था ? भ्रातृसंस्था किन बनाइयो के के गरिरहेका छन भनेर अनुगमन गरियो ? 

पार्टीका गुटबन्दीको सिमा नाँध्नु 
अर्को कारण भनेको गुटबन्दीको विषय हो । संसदीय बोर्ड बनाउनुभयो ? तर संसदीय बोर्ड बनाउदा कांग्रेसको संसदीय बोर्ड बनाउने भन्दा पनि गुट उपगुटहरुको व्यवस्थापन गर्नुभयो । गुट र उपगुटको व्यवस्थापनका लागि प्रदेश र प्रतिनीधिसभाको टिकट वितरण गर्ने संसदीय बोर्ड बनाउदा त्यो बाट कांग्रेसले रिजल्ट खोजेर कहाँ पाइन्छ । यसरी टिकट वितरण गर्दा एउटा गुटले राम्रो संख्या पायो होला तर समग्र पार्टी भित्रका  इमान्दार र निष्ठावान कार्यकर्ता पाखा लाग्ने स्थिति बन्यो । गुट उपगुटले विवेकहिन र अन्यायपूर्ण निर्णय भयो । टिकट दिइयो तर टिकट दिने मान्छेहरुलाई पार्टीले गरिदिने अरु के के काम गरिदियो ? कुनै टिकट पाएको मान्छेले आफ्नो निर्वाचन क्षेत्रको व्यवस्थापनका लागि समानुपातिक तर्फ कसैलाई उम्मेदवार बनाइदिनुपर्ने थियो होला त्यो गरियो कि समानुपातिकको टिकट कसरी वितरण गरियो ? भुगोल मिलाउनुपर्दथ्यो । केन्द्रमा भएका नेताहरु कसैलाई संझाईदिने कसैलाई आश्वासन दिने गर्नुपर्ने थियो होला हामीले त्यो गरियौ कि गरेनौं ? म नेपाल बिद्यार्थी संघको अध्यक्ष भएको बेलामा टिमको हिसाबले एक्लै थिए । तर मैले टिम होइन गुट होइन नेपाल बिद्यार्थी संघ भनेको थिए, त्यो बेला पनि थिए, गुटहरु तर म त नेपाल बिद्यार्थी संघको अध्यक्ष थिए, सवैलाई मिलाएर, स्वतन्त्र विद्यार्थी युनियनमा सवैलाई मिलाए टिकट दिए । त्यो बेला सँढे ८२ प्रतिशत सिट नेपाल बिद्यार्थी संघको पक्षमा आएको थियो । अखिलहरुलाई साँढे १७ प्रतिशतमा थन्किएका थिए , त्यही कारण अहिले सभापति जीले गुट मात्र भनेर हुँदैन कांग्रेस खोज्नुभयो भने हुन्छ, हुन्थ्यो । अझै पनि गुट गुट भनियो भने केहि हुँदैन् । गुटको अन्त्य गर्ने सभापतिबाट  नै हो । सभापति भनेको सवैको सभापति हो । होला हिजो सभापतिको गुट थियो होला तर आज उहाँ सभापति हो सवैलाई अवसर दिने पार्टीका साथीहरुलाई न्याय गर्ने काम सभापतिको हो । सभापति न्याय गर्नुभयो भने गुटको अन्त्य हुन्छ । 

जनताले हाम्रो नारा पत्याएनन् 
हामीलाई दुई दुई चोटी बहुमतको सरकार दिदा हामीले सरकारलाई स्थायी बनाउन सकेनौ । हामी आफैले आफ्नो सरकार ढालेका हौ । त्यही कारणले हामी विभाजित भयौं । विभाजनपछि हामी भागबण्डाका आधारमा मिलेका हौ । यस्तो पार्टीले स्थायीत्व दिन्छौ भन्दा जनताले कसरी पत्याउने ? आजपनि हामी ६०-४० को भागबण्डामा छौं । हिजो एउटा गुट ठुलो थियो, त्यसले ६० प्रतिशत लिएको थियो । आज अर्कै गुट ठुलो भएको छ । त्यसले ६० प्रतिशत लिएको छ  । भोली फेरि अर्को ठुलो हुँदा त्यसैले ठुलो हुँदा त्यसले धेरै भाग पाउला त्यो भन्दा अरु त केहि हुँदैन । अर्को भनेको हामीले २०४८ पछि यति धेरै मन्त्रीहरु बनायौं । हामीले ती मन्त्रीहरुले, त्यो बेला बनेका सरकारहरुले कति काम गरे ?  हामी त्यो बेलाका के के काम हुन भनेर भाषण गर्ने बिषयहरु के के हुन ? किसानको पक्षमा, मजदुरको पक्षमा बिद्यार्थीको पक्ष, वा विकासको कुनै मोडेल नै प्रस्तुत गरे के गरे ? मन्त्री बनाउने आधार के हो ? सांसद बनाउने आधार के हो ? 

अर्को भनेको समाजवाद हाम्रो नारा थियो । समाजवादको दार्शनिक व्याख्या गरियौं । समाजवादको व्याख्या गर्दा हामीले हाम्रो समाजवाद भनेको खाना नपाउनेलाई खाना दिने, न्याय नपाउनेलाई न्याय दिने, निशुल्क उपचार, निशुल्क शिक्षा, मात्र कुरा उठाएको भए जनताले पत्याउथे । अहिले त कम्युनिष्ठहरुले पनि समाजवाद भनेका छन, हामीले पनि समाजवाद भनेका छौ । संविधानमा पनि समाजवाद छ । आखिरी के हो त समाजवाद ? हामीले समाजवादको भिन्नता बुझाउन सकेनौ । 

कांग्रेसले कार्यकर्तालाई अन्याय गरेको सन्देश 
कांग्रेसले आफ्नै कार्यकर्ताहरुलाई न्याय गर्न सक्दैन भन्ने सन्देश गयो । जेल बसेका, निष्ठापूर्वक कांग्रेसमा लागिरहेका, कार्यकर्तालाई हामीले न्याय गरियौं । अहिले त जेल बस्ने मुर्ख मान्छे हो भन्ने सन्देश गयो । पैसा कमाउनुस् चन्दा दिनुस, सांसदको टिकट मात्र होइन मन्त्री नै किन्न पाइन्छ भन्ने सन्देश गएको छ । यो अरु पार्टीमा पनि होला ? तर हामीले अरु पार्टीको कुरा गर्ने होइन, हामीले हाम्रो पार्टीको कुरा गर्ने हो । यो विषयलाई हामीले निराकरण गर्नै पर्छ । अर्को विषय भनेको यत्रो पार्टी हा¥यो । पार्टी नेतृत्व विहिन जस्तो छ । विगतमा पार्टी बनाउनेदेखि निर्वाचनमा जिताउने भूमिका पनि नेताहरुले नै गरेको हो । अहिले पराजयको पनि जिम्मेवारी लिँदै पार्टीलाई भविश्यमा यो बाटोमा लैजान्छु भन्न नेतृत्वले किन सकिरहेको छैन ? हारको नैतिक जिम्मेवारी लिएर फेरि पार्टीलाई पुर्ननिर्माण गछौ भन्ने साहस किन आएन ? अब महासमितिको तिथि मिति तोकर विधार पास गरेर पार्टीलाई पुर्ननिर्माणमा लैजानुपर्छ । हिजो पनि मैले हरेक प्रदेशको नेतृत्व चयन गरौ भनेको हो तर त्यो बेलामा कसैलाई धेरै उपाध्यक्ष चाहिएको थियो, कसैलाई महामन्त्री चाहिएको थियो । त्यही कारणले त्यो बेलामा प्रादेशीक संरचना बन्न सकेन । प्रादेशीक संरचना बनाउन नदिने बनाउन खोज्ने पनि हामी  यहाी छौ । अब पनि धेरै केहि गर्नुपर्दैन । अब हामीले मुलुकको संरचना अनुसारको विधान पास गरौ । महासमितिको बैठकको मिति तोकै । अनि यो केन्द्रीय समितिमा भएका सवै मिलौ । यो साहस देखाउनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ