प्रधानमन्त्रीले गरे गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास
प्रकाशित २०७४ चैत १८ आइतबार
714
Shares
वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिएका हुन् ।
औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब १० अरबको लगानीमा यो केन्द्र निर्माण हुन लागेको हो ।