arrow

चेल्सी चिप्लियो, घरमै पराजित, हुल्याहाको हुल 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
chelsea10.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सी चिप्लिएको छ । डिफेन्डिङ च्याम्पियन चेल्सी घरेलु मैदानमा टोटनह्याम हट्सपरसंग ३–१ ले पराजित भयो । 

खेलको ३० मिनेटमै अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि त्यसपछि भने टोटनह्यामले लगातार तीन गोल गर्यो । 

डेले अलीले दुई तथा क्रिष्टियन एरिक्सेनले एक गोल गरेर चेल्सीलाई हराए । 

यो हारले चेल्सीको उपविजेताको होडसमेत सकिएको छ । 

यता, हारपछि चेल्सीका हुल्याहा दर्शकले हुल बढाएका छन् । उनीहरुलाई ठूलो सुरक्षाबीच तितरवितर गरिएको थियो । 

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा स्टोक सिटीलाई ३–० ले हरायो । अबामेले २ तथा लाकाजेत्तेले १ गोल गरे । 

लिगमा ३१ खेलबाट ८४ अंकको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । म्यान्चेस्टर युनाइटेड ६८ अंकबाट दोस्रो, लिभरपुल ६६ बाट तेस्रो, टोटनह्याम ६४ बाट चौथो र चेल्सी ५६ बाट पाँचौ स्थानमा छ । आर्सनल ५१ अंकबाट छैटौं स्थानमा छ । 
The 21-year-old England midfielder struck twice in the second-half in a 3-1 Tottenham win

Mauricio Pochettino said it was important to win games like this to create a winning mentality

Antonio Conte insisted he was not worried about his own future at Chelsea after the loss

The two sets of fans were separated by a yellow gate as police try to take control of the situation

One fan is seen chucking a traffic cone as tensions grew after Sunday's game

Others jump on the bonnet of cars in a desperate attempt to get to the opposition fans

Police horses were deployed to break up the crowd trouble outside of Stamford Bridge



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ