-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बुटवल । नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भिषण आगजनी भएको छ । बिहान करिब ४ बजे आगजनी शुरु भएको थियो ।
माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन ।
आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन ।
ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सट भएको जानकारी आएको बताएको छ ।