अर्थमन्त्री खतिवडाकै कारण राज्यकोष धरापमा – डा शेखर कोइराला
प्रकाशित २०७४ चैत २७ मंगलबार
275
Shares
चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अर्थमन्त्री युवराज खतिवडाकै कारण आर्थिक अनुशासन तोडिएको बताउँदै राज्यकोष धरासयी बन्नुमा खतिवडाकै प्रमुख हात रहेको बताएका छन्।
डा कोईरालाले खतिवडा नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भएकै समयमा आर्थिक अनुशासन तोडिएको उल्लेख गर्दै भने, “देशको अर्थतन्त्रको जिम्मेवार पदमा बसेर पनि खतिवडाले सबै दोष काँग्रेसलाई दिएर आफू त्यसबाट उम्किन खोजिरहनु भएको छ। त्यसको जिम्मेवारी उहाँले लिन पर्छ कि पर्दैन ? तर उहाँ झूटको खेती गरिरहनु भएको छ।”
प्रजातान्त्रिक बिचार समाज चितवनको २०औं साधारण सभाको चितवनको टाँडीमा उदघाटन गर्दै डा कोईरालाले अर्थमन्त्री खतिवडालाई नै प्रहार गरेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका चितवनका अध्यक्ष डा कृष्ण पौडेल लगायतले आ(आफ्नो धारणा राखेका थिए ।