- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वाइल्डलाइफ क्राइम कंट्रोल ब्यूरोका अनुसार बलिउड स्टार सलमान खान अपराधीको लिष्टमा सामेल भएका छन् । ब्यूरोको वेबसाइटमा उनको नाम ३९ नम्बरमा रहेको छ । यो लिष्टमा उनी जोधपुर अदालतले कृष्णसार मारेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएपछि परेका हुन् ।
सलमान रहेको लिष्टमा त्यस्ता अपराधीलाई राखिन्छ जहाँ बाघसहित अन्य संरक्षित जनावरको शिकार, तस्करी या अन्य अपराधमा सामेल हुनेहरु रहेका छन् ।
गत ५ अप्रिल जोधपुर अदालतले सलमानलाई ५ वर्षको सजाय सुनाए पनि दुई दिनपछि जमानतमा रिहा भएका छन् ।
क्राइम कन्ट्रोल ब्यूरोको स्थापना सन् २००८ मा भएको थियो । तर प्रभाव भने कम देखिएको छ ।
अहिलेसम्म जम्मा ३९ जना अपराधीको सुचीमा परेका छन् ।
त्यसमा बाघसंग जोडिएका १५ अपराधी रहेका छन् भने कृष्णसार (हरिण) काण्डमा जोडिएका सलमान मात्र हुन् ।