arrow

चौथो कार्यकालको शपथ लिँदै गरेका पुटिनका के के छन् चुनौतीहरु ?

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
putin1.JPG

मस्को । रसियाको राष्ट्रपति पदमा भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् । गएको मार्च महिनामा राष्ट्रपति निर्वाचनमा निर्वाचित भएसँगै उनले सोमबार शपथ लिन लागेका हुन् । 

पुटिन पछिल्लो १८ वर्षयता रसियाको सत्तामा राष्ट्रपति वा प्रधानमन्त्रीको रुपमा रहँदै आएका छन् । रसियाको राष्ट्रपतिको रुपमा शपथ लिँदै गर्दा उनको विरुद्धमा रसियामा विरोध पदर्शन पनि भएको छ । शनिबार पुटिनको विरुद्धमा प्रदर्शन गर्ने हजार भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । 

सोमबार पुटिनले शपथ लिँदै गर्दा अर्को कुनै अशान्ति जन्मिनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

किन भइरहेछ पुटिनविरुद्ध प्रदर्शन ?
गत शनिबार रयिाको विभिन्न १९ सहरहरुबाट पुटिनको विरुद्ध प्रदर्शन गर्ने एक हजारभन्दा बढी मानिहरुलाई पक्राउ गरिएको छ । जसमध्ये करिब आधारजसो राजधानी सहर मस्कोबाट पक्राउ परेका थिए । पुटिन ७६ प्रतिशतभन्दा पनि बढी मत ल्याई राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । 

यद्यपि यो निर्वाचनमा पुटिनले शक्तिको दुरुपयोग भएको आरोप लागेको छ । यसअघिको निर्वाचनमा पनि उनले यसै किसिमको शक्तिको दुरुपयोग गरेको अन्तर्राष्ट्रिय नियामकहरुले बताएका छन् । निर्वाचनमा मुलुकका सबैभन्दा लोकप्रिय विपक्षी नेतालाई सहभागी हुनबाट प्रतिबन्ध लगाइएको थियो जसको कारण पनि यो निर्वाचनको विरुद्धमा प्रदर्शन भएको हो । 

प्रदर्शनकारीहरुले पुटिन आफ्नो नेता नभएको भन्दै प्रदर्शन गरिरहेका छन् । स्थानीय विपक्षी पार्टीहरुले पुटिन रसियाको प्रजातन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । उनीहरुले पुटिन प्रजातन्त्र कमजोर बनाउँदै आफू अनिश्चित कालसम्म सत्तामा रहने खेलमा रहेको बताउँदै आएका छन् । 

के पुटिन रसियाको सत्तामा सधैं बसिरहन सक्छन् ?

सन् २००० मा रसियाको राष्ट्रपतिको रुपमा पहिलोपटक भ्लादिमिर पुटिनले सत्ता सम्हालेका थिए । दोस्रो पटक सन् २००४ मा पनि उनी राष्ट्रपतिको लागि निर्वाचित भएका थिए । सन् २००८ मा भने लगातार तीनपटक एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने रसियाको नियमअनुसार उनले चार वर्ष प्रधानमन्त्रीको पद सम्हालेका थिए । 

त्यतिबेला रसियाको राष्ट्रपतिको रुपमा दिमित्री मेद्भेदेभ रहेका थिए । सन् २०१२ मा भने केही समस्याहरुको बाबजुद पुटिन पुनः राष्ट्रपति पदमा निर्वाचित भए र यस पटकको लागि राष्ट्रपतिको कार्यकाल पनि चार वर्षबाट बढाएर छ वर्ष पुर्याइएको थियो । 

उनको यो कार्यकाल सन् २०२४ सम्मको रहनेछ । ६५ वर्षीय पुटिनले जतिबेला झण्डै २५ वर्षसम्म रसियाको शासन गरेका हुनेछन् । यो शासन पूर्व सोभियत प्रमुख जोसेफ स्टेलिनको ३१ वर्ष तथा अन्य रसियन नेताहरु एलेक्जेन्डर द्वितीयको २६ वर्ष र निकोलस प्रथमको ३० वर्षको तुलनामा अझै केही वर्ष कम हो । 

पुटिनको शासनमा रसिया कसरी अघि बढिरहेको छ ?

सुरुवाती दिनहरुमा रसियाको शासनको क्रममा पुटिनलाई केही सफलता हासिल भएको थियो । मुलकमा व्याप्त रहेको मुद्रास्फीतिदर तथा अन्य आर्थिक समस्याहरु सुल्झाउनका लागि उनी सफल देखिएका थिए । उनकै कार्यकालमा मुलुक विभाजनको माग लिएर केही क्षेत्रमा हिंसा भड्किएको थियो । यो हिंसाको पनि उनले रक्तपातपूर्ण अन्त्य गरेका थिए । 
उनको कार्यकालमा रसिया केही समृद्ध पनि बन्न पुग्यो । 

तेल तथा ग्यासको राजस्वबाट रसियाले उल्लेख्य आम्दानी गर्न सफल भयो । त्यसका साथै मुलुकमा प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताजस्ता महत्वपूर्ण नियमहरु पनि आएका थिए । सन् २०१४ मा पुटिनले युक्रेनको भूमिमा आफ्नो अधिकार जमाउने निर्णय गरे, जुन एक महत्वपूर्ण अन्तर्राष्ट्रिय विषय बन्न पुग्यो । यो शीतयुद्धयताकै सबैभन्दा महत्वपूर्ण मुद्दाको रुपमा रहेको थियो । जसको कारण अहिले पनि रसिया पश्चिमा मुलुकहरुको आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । 

सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा पनि रसियाको हात रहेको आरोप लाग्दै आएको छ । त्यसपछिका दिनमा भने रसियाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा जोड दिएको देखिन्छ । रसियाको बेलायतसँगको सम्बन्धमा पनि पछिल्लो समय केही सुधार आइरहेको छ । 

कस्तो रहला पुटिनको चौथो कार्यकाल ?
अहिले राजनीतिक हिसाबमा पनि अनिश्चितता रहेको मुलुकको लागि अबको छ वर्षको कार्यकाल निकै महत्वपूर्ण रहने विश्लेषकहरु बताउँछन् । राजनीतिक विश्लेषक दिमित्री ओरोख्सिन चौथो कार्यकालमा रसियामा अन्तर्राष्ट्रिय समुदायसँग मिल्दो किसिमको केही महत्वपूर्ण सुधारहरु आउनसक्ने बताउँछन् । 

“रसिया अफगानिस्तानमा भएको सोभियत युद्धयता त्यति धेरै निष्क्रिय पनि बनेको छैन”, उनले भने “ यो कार्यकालमा कुनै नयाँ योजना ल्याउनुभन्दा पनि यसअघिका  रसियाका योजनाहरुमा विश्व समुदायलाई मनाउनु जरुरी रहेको छ ।”

Vladimir Putin in Sochi, 3 May 2018

Vladimir Putin visits a shooting gallery of the new GRU military intelligence headquarters building in Moscow, 8 November 2006

Russian President Vladimir Putin (R) and Syrian President Bashar al-Assad visit the Hmeymim air base in Latakia Province, Syria, 11 December 2017

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ