arrow

महाथिर मोहम्मद र मलेसियाको विकास, यस्तो छ महाथिरको योगदान

९२ वर्षेले दिए आफू जिउँदो भएको प्रमाण

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
mahathir-mohammad.jpg

काठमाडौं । मलेसियाको लागि महाथिर मोहम्द अहिलेसम्मका अपराजित नेता हुन् । उनले आफ्नो अपराजित यात्रा ९२ वर्षको उमेरमा पनि कायम राखे । यससँगै उनले बिहिबार विश्वको सबैभन्दा जेठो विजेता नेताको रुपमा कीर्तिमान पनि राखेका छन् । उनले जित हासिल गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “हो म अझै जिउँदो छु” । छ दशकअघि स्वतन्त्र भएको मुलुकमा उनले पुनः एकपटक जित हासिल गरेका हुन् । महाथिरले मलेसियामा यसअघि पनि प्रधानमन्त्रीको रुपमा २२ वर्ष शासन गरिसकेका छन् । उनले सन् १९८१ मा पहिलोपटक मलेसियाको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका थिए । 

महाथिर मोहम्मद अलिक आवेशमा आउने, कुनै प्रतिबद्धता नगर्ने र कुनै पनि खराब कुरामा सहनशीलता नदेखाउने प्रवृतिका थिए । यद्यपि उनले मलेसियालाई निकै पछाडि रहेको अवस्थाबाट आधुनिक औद्योगीकरणको विस्तार भएको मुलुक बनाए । महाथिर मोहम्मद राजनीतिबाट अलग भएपछि पनि निरन्तर समाचारको शीर्षक भने बनिरहे र दुई वर्ष अघिबाट उनी पुनः राजनीतिमा आए । जतिबेला उनी प्रतिपक्षको भूमिकामा थिए । जतिबेला मलेसियामा नाजिक राजाक प्रधानमन्त्री थिए र उनी  मलेसिया डेभलपमेन्ट बर्हाड (एमडीबी) कोषमा भएको आर्थिक अनियमिततामा मुछिएका थिए । 

यस किसिमको आर्थिक अनियमिततामा मुछिएको पार्टी छाड्दै उनले आफ्नो सरकारमा रहेको आफ्नो सल्लाहकारको भूमिकाबाट पनि बिदा लिए र प्रतिपक्षीको भूमिकामा पुनः सक्रिय राजनीतिको सुरुवात गरे । उनको जितमा खुसी मनाउन आएकाहरु पनि राजनीतिमा सबै कुरा सम्भव छ भने खराब कुराको समाप्त गर्नको लागि उनको आगमन हुनु राम्रो कुरा रहेको उनीहरुको भनाइ छ । 

प्रधानमन्त्री हुनुभन्दा अगाडि महाथिरको आक्रामक किसिमको कूटनीतिले मलेसियालाई थप विस्तार गर्नको लागि सहयोग पुर्र्याउने विश्लेषकहरु बताउँछन् । यस किसिमको योजनाले मलेसियालार्य बेलायत र अमेरिकाको हाराहारीमा पनि पु¥याउनसक्ने उनीहरुको भनाइ छ । 

महाथिरको पालामा मलेसियामा कस्तो विकास भयो ? 
महाथिरले निकै विकट रहेको मलेसियालाई समृद्धिको बाटोमा ल्याउनका लागि निकै ठुलो भूमिका निर्वाह गरेका छन् । बेलायती उपनिवेशमा रहेको मुलुकको लागि अहिलेको अवस्थामा ल्याउनमा उनको निकै ठुलो भूमिका रहेको छ । धेरैलाई पत्याउन गाह्रो पर्ला कि सन् १९३० को दशकमा मलेसियाले ठुलो खाद्यान्नको अभावको सामना गरेको थियो भन्दा तर वास्तविकता यही हो कि मलेसिया आर्थिक हिसाबमा त्यो समयमा निकै कमजोर थियो । 

आर्थिक हिसाबमा समस्यामा रहेको अवस्थामा सन् १९८१ मा मलेसियाको प्रधानमन्त्री बनेका महाथिर मलेसियाकोलागि मेडिकल डक्टरजस्तै बन्न पुगे । प्रधानमन्त्री बनेसँगै उनले केही महत्वपूर्ण योजनाहरु पनि सार्वजनिक गरे, जसले मलेसियाको लागि तीव्र गतिको विकासको बाटो देखायो । 

उनको पालामा भएका विकासहरुमध्ये ठुला छ लेनका सडकहरु, प्रशासनिक क्षेत्रको व्यापक सुधार, ट्वीन टावरको निर्माण तथा पर्यटकीय सुधारका कामहरु निकै महत्वपूर्ण मानिने गरिएको छ । यस किसिमको महत्वपूर्ण सुधारको काम गरेको कारण उनलाई अहिले “आधुनिक मलेसियाका पिता” उपनामले पनि चिनिने गरिएको छ । 

आफ्नो काममा कुनै किसिमको अवरोध नहोस् भन्नका लागि महाथिरले आफ्ना विपक्षीहरुलाई मुलुकको सुरक्षाकर्मीहरुको परिचालन गरेर सधैं पर्खालभन्दा बाहिर नै राख्ने गरेका थिए । जसको कारण उनका आलोचकहरु उनले वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको नियम मिचेको आरोप लगाउँछन् । यद्यपि उनी नियमको मामिलामा भने निकै सचेत थिए । 

महाथिरले मलेसियाका बहुसंख्यक आध्यात्मिक मुस्लिमहरुको भावनाअनुसारको काम गर्दै आएका छन् । जसको कारण पनि उनी मलेसियामा निकै चर्चित बनेका हुन् । उनले आफ्नो पाँच वर्षको कार्यकालको क्रममा एक सय विपक्षी राजीतिज्ञ, शैक्षिक र सामाजिक कार्यकर्ताहरुलाई कुनै पनि परीक्षण विना आन्तरिक नियमको आधारमा कैद गर्ने काम गरेका थिए । जुन मलेसियाको लागि निकै ठुलो राजनीतिक चुनौतीको रुपमा रहेको थियो । 

सन् १९९८ मा देखिएको एसियन आर्थिक संकटको अवस्थामा पनि महाथिरले निकै समझदारीको साथमा मलेसियालाई आर्थिक समस्याबाट बचाएका थिए । महाथिरले आफ्नो मलेसियाको यूएमएनओमा रहेको शक्तिलाई कायम राख्दै नाजिवलाई सहयोग गरेका थिए । नाजिक मलेसियाको दोस्रो प्रधानमन्त्रीका छोरा पनि हुन् तर सन् २०१५ मा नाजिक एमडीबी को मुद्दामा मुछिएपछि भने उनलाई हटाउनका लागि महाथिरले आग्रह गरेका थिए । 

गएको मार्च महिनामा दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफू निर्वाचन हारेपनि नाजिवलाई भने कारबाही गराएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनले आफू ९० वर्ष पार गरिसकेको कारण पहिलाको जस्तो बलियो नरहेका तर संघर्ष भने कहिल्यै नछाड्ने उनले बताएका थिए । उनले यसअघि आफ्नो कार्यकालमा भएका केही गल्तीहरु पनि सुधार गर्दै जाने बताएका छन् ।

यस्तो छ महाथिरको जीवनी–

–जन्म सन् १९२५ जुलाई १० मलेसियाको उत्तरी राज्य केडाहको एलोर स्टार भन्ने स्थानमा । बाबु दक्षिणी भारतबाट पुगेका आप्रवासी हेडमास्टर । आमा मलेसियाको परम्परागत मलाय ।
–सन् १९४६ मा युनाइटेड मलायज नेसनल अर्गनाइजेसन यूएमएनओ को सदस्य, त्यसको ११ वर्षपछि मलेसिया बेलायतको उपनिवेशबाट मुक्त । 
–१९५६ मा सहकर्मी डक्टर सिति हास्माहसँग विवाह । तीन छोरा, एक छोरी र तीन एडप्ट गरिएका सन्तानहरु । 
–१९६४ मा संसदमा पाँच वर्षको लागि सहभागी । 
–१९६९ मा यूएमएनओबाट प्रथम प्रधानमन्त्रीको विरोध गरेको आरोपमा निलम्बित । 
–१९७० मा ‘द मलाय डिलेम्मा’ नामक पुस्तक सार्वजनिक । त्यसको दुई वर्षपछि पुनः पार्टीमा प्रवेश । 
–१९८१ मा मलेसियाको चौथो प्रधानमन्त्री बन्न सफल ।
–१९८७ पार्टीमा ध्रुवीकरण पार्टीका केही प्रमुख नेता विपक्षी पार्टीमा प्रवेश । 
–१९८८ महाथिरद्वारा प्रधानन्यायाधीश सालेह अबास र वरिष्ठ न्यायाधीशहरुलाई न्यायिक स्वतन्त्रताको विषयलाई लिएर निलम्बन । 
–१९८९ महाथिरको ‘हार्ट बाइपास सर्जरी’ ।
–१९९१ मलेसियाको आर्थिक विकासको लागि सन् २०२० सम्मको कार्ययोजना सार्वजनिक २००० सम्म मलेसियाको अर्थतन्त्रमा तीव्र गतिको विस्तार ।
–१९९८ गहिरो आर्थिक तथा राजनीतिक संकट, आईएमएफ तथा अन्य संस्थाहरुको सल्लाह अस्वीकार । 
–२००१ महाथिरद्वारा अमेरिकाको आतंकवादविरुद्धको युद्धमा सहयोग अमेरिकाद्वारा भ्रमणको निमन्त्रणा । 
–२००३ मा प्रधानमन्त्रीबाट अवकाश ।
–२०१५ मा पुनः राजनीतिमा सक्रिय । 
–२०१८ ९२ वर्षको उमेरमा निर्वाचनमा जित । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ