arrow

इरान सम्झौताबाट बाहिरिँदा अमेरिकालाई के फाइदा हुन्छ ?

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
USA-Iran.jpg

एजेन्जी। भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्। यो विश्वका धेरै मुलुकहरुले यो सम्झौताबाट बाहिरिनु ठिक नरहेको बताउँदै आएका छन्। इरान सम्झौता अमेरिकाको लागि निकै घातक रहेको ट्रम्पले बताउँदै आएका छन्। यस्तोमा अमेरिकालाई इरान सम्झौताबाट बाहिरिँदा के फाइदा हुन्छ ? भन्ने कुरा अहिले धेरैको चासोको विषय बन्न पुगेको छ। 

सन् २०१५ मा इरानसँग अमेरिका तथा अन्य विश्वका मुलुकहरुसहित यो सम्झौतामा हस्ताक्षर भएको थियो। जसको उद्देश्य इरानले विस्तार गरिरहेको प्युटेनियम र युरेनियमको कार्यक्रम रोक्नु रहेको थियो। न्युक्लियर कार्यक्रम जारी राखेको भन्दै इरानलाई २०१२ देखि २०१६ सम्म प्रतिबन्ध पनि लगाइएको थियो। प्रतिबन्धले समस्या समाधान नहुने भन्दै विश्वका प्रमुख मुलुकहरुको बीचमा यो सम्झौता भएको हो। 

सम्झौतामा इरानमाथि लगाइएको कारण उसलाई उल्लेख्य तेलको राजस्वमा नोक्सानी पुगेको कारण केही सहुलियत दिने उल्लेख गरिएको थियो। साथै इरानमाथिको सबै किसिमको प्रतिबन्ध पनि फुकुवा गराइने बताइएको थियो। यो सम्झौताबाट इरानले अहिले केही लाभ पनि हासिल गरिरहेको अवस्थामा अमेरिकाले भने इरानलाई प्रदान गरिएको उक्त सहुलियत आतंकवाद विस्तारको लागि प्रयोग हुने गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। प्रत्येक चार महिनामा हस्ताक्षर गर्नुपर्ने यो सम्झौतामा ट्रम्पले भने शनिबार उक्त सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेका छन्। 

आतंकवादलाई कारण देखाउँदै अमेरिकाले इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतिबन्ध लगाउने बताएको भए पनि यसमा केही ठुलो राजनीतिक खेलहरु रहेको देखिन्छ। सर्वप्रथम तेलको राजस्वबाट उल्लेख्य आम्दानी गरिरहेको मुलुकको लागि तेलको व्यापार कमजोर पार्ने अमेरिकाको नीति रहेको देखिन्छ। अमेरिकाले युरोप तथा अन्य मुलुकहरुलाई पनि तेलको व्यापारमा कि आफ्नो तेल खरिद गर्न कि इरानको मात्र तेल खरिद गर्न भन्दै चेतावनी दिँदै आएको छ। यसको सोझो प्रभाव इरानको तेल व्यापारमा देखिनसक्छ। 

इरानको धेरैजसो तेल व्यापार एसियासँग हुने गरेको छ। त्यसमा पनि चीन महत्वपूर्ण मुलुक हो। ट्रम्पले यसअघि आफ्नो पदभार ग्रहणको क्रममा नै चीनलाई कमजोर बनाउने र सबैभन्दा पहिला अमेरिकाको विस्तारको लागि लाग्ने योजना ल्याएका थिए। सोही योजनाअनुसार नै यो योजना आएको देखिदैछ। अमेरिकाको तेल उत्पादन अहिले बढ्दो क्रममा रहेको छ। जसको कारण उसले तेल उत्पादनको हिसाबमा विश्वका सबै मुलुकलाई पछि पारिसकेको छ। जसले गर्दा उसलाई आफ्नो तेल व्यापार गर्ने ठाउँ पाउनु पनि जरुरी हुन्छ। इरानलाई तेल व्यापारमा प्रतिबन्ध लगाउन सके इरानले बिक्री गर्ने स्थानमा अमेरिकी तेल बिक्री गर्ने किसिमको दाउ अमेरिकाको छ। 

त्यसो त अमेरिकाको राष्ट्रपति निर्वाचनमा पनि उनले मुलुकको लागि घातक हुने किसिमका सम्झौताहरुबाट बाहिरिने प्रतिबद्धता जाहेर गरेका थिए। सोहीअनुसार नै उनले पेरिस सम्झौता तथा अन्य केही व्यापार सम्झौताबाट पनि बाहिरिने निर्णय गरेका थिए। यस्तोमा उनले इरान सम्झौताबाट पनि बाहिरिने निर्णय गरेका हुन्। 

यसअघि इरानमाथि भ्रमण प्रतिबन्ध भने लगाइएको थियो। सुरक्षाको जोखिम देखाउँदै इरानका नागरिकहरुमाथि भ्रमणमा प्रतिबन्धको निर्णय गरिएकोमा अहिले भने सम्झौताबाट नै अमेरिका बाहिरिने भएको हो। यद्यपि अझै पनि इरानमाथि कस्तो किसिमको प्रतिबन्ध लाग्ने हो विषय भने टुग्गीन बाँकी रहेको छ। 

अमेरिकाको निर्णयले विश्व बजारमा के प्रभाव पर्ला ? 
अमेरिका आफूलाई सबैभन्दा ठुलो प्रजातन्त्रको रक्षा गर्ने मुलुकको रुपमा उभ्याउन चाहन्छ, जसको कारण उसले सामाजिक उत्थानको लागि भन्दै विभिन्न किसिमका सहयोगहरु पनि प्रदान गर्दै आएको छ तर पछिल्लो समय ट्रम्पले केही सहयोगहरु रोकिदिएका छन्। त्यसका साथै ट्रम्प विभिन्न सम्झौताहरुबाट बाहिरिरहेका छन्। यसले प्रत्यक्षरुपमा अमेरिकाको आर्थिक बचत भने उल्लेख्य मात्रामा हुनसक्ने विज्ञहरुको अनुमान छ। 

यद्यपि अमेरिकाको लागि यो घातक पनि हुनसक्ने केहि जनकाहरु बताउछन्। सबै सम्झौताहरुबाट बाहिरिने र सामाजिक सहयोगको कोषहरु बन्द गर्ने अमेरिकाको निर्णयले आगामी दिनमा विश्वव्यापीरुपमा उसको प्रभाव थप कमजोर हुँदै जाने सम्भावना भने बढ्दै गएको छ। कुनै पनि व्यापार तथा सामाजिक सहयोगको जिम्मा आगामी दिनमा अर्को मुलुकले लिनुपर्ने अवस्था स्वाभाविकरुपमा आउँछ, जसले दोस्रो मुलुकको प्रतिष्ठा तथा प्रभाव बढाउँछ। इरानको मुद्दामा पनि यसलाई सही ढङ्गले पार लगाउन सकेको खण्डमा यसको श्रेय युरोपियन मुलुकहरुलाई अन्तराष्ट्रिय विज्ञहरुको बुझाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ