मोदीको अभिनन्दनकालागि बिरगन्जका उद्योगहरुमा बिदा दिन सरकारको आव्हान
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
940
Shares
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा जनकपुरमा हुने नागरिक अभिनन्दनका लागि सरकारले बारा सिमरा तथा बिरगञ्जका उद्योगहरुलाई पनि बन्द गर्न आग्रह गरेको छ।
मोदी अभिनन्दनमा करिब १ लाख मान्छे उतार्ने उद्देश्यले सरकारले पहिले नै २ नं प्रदेशमा सरकारी छुट्टीको घोषणा गरिसकेको छ।
सिमरा बिरगञ्ज करिडोर नेपालको धेरै उद्योहरु भएको शहरमा पर्दछ। बिरगञ्जका उद्योगहरु बन्द भएमा मजदुरहरुलाई बिरगन्जबाट जनकपुर लग्न सकिने सरकारको ध्याउन्न रहेको एक उद्योगीले बताएका छन्।
कुनै पनि भारतीय प्रधानमन्त्रीको जनकपुरमा पहिलो भ्रमण र नागरिक अभिनन्दन हुँदैछ । नागरिक अभिनन्दनलाई बृहत देखाउनकालागि सरकारले यस्ता धेरै क्षेत्रमा आव्हान गरिरहेको छ।