arrow

पुटिनको चौथो कार्यकाल र यसका चुनौतीहरु

logo
मोहिनी मिश्र रिसाल,
प्रकाशित २०७५ वैशाख २९ शनिबार
putin.jpg

काठमाडौं। गएको मे ७ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा चौथो कार्यकालको लागि सपथ लिएका छन्। उनले गत मार्च १९ मा रुसको राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए। विश्वका शक्तिशाली देशको राष्ट्रपतिको कार्यकाल दुई अवधिको लागि मात्र हुने गरेकोमा चौथो पटक पनि राष्ट्रपति पदमा उहाँको जितले विश्वमै चर्चा पायो। साथै पुटिन रुसमा लामो समयसम्म सत्तामा रहने नेताका रुपमा रहेका छन्। अव पुटिनले छ वर्षे राष्ट्रपतिको कार्यकालको क्रममा सन् २०२४ सम्म सत्तामा सम्हाल्नेछन्।

सन् १९५२ अक्टोबर ७ मा रुसको दोस्रो ठूलो सहर लेनिनग्राड (अहिलेको सेन्ट पिटर्सबर्ग) मा जन्मिनुभएका पुटिनले कानून विषय पढे्का हुन्। उनले आफ्नो जीवनयात्रामा पहिलो पटक रुसी गुप्तचर संस्था, केजीबीमा भर्ती भएर साम्यवादी मुलुक पूर्वीजर्मनीमा जासुसका रूपमा काम गरे। सन् १९९० को दशकमा बोरिस यल्तसिनका उच्च सहयोगीका रूपमा पनि उनले काम गरे। सन् १९९७ बोरिस यल्तसिनको सहयोगीको रुपमा क्रेमलिन प्रवेश गर्नु गरे। सन् १९९९ मा पुटिन प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यल्तसिनबाट राजीनामापछि पुटिन कार्यवाहक राष्ट्रपति भने।

उनले सन् २००० मा राष्ट्रपतिका रूपमा निर्वाचित भएर दुई पटक चारवर्षे कार्यकाल पूरा गरे। सन् २००८ मा तत्कालिन संवैधानिक प्रावधानका कारण उनी लगातार तेस्रो पटक राष्ट्रपति बन्न पाएन्न। आफ्ना यसअघिका सहयोगी दिमित्री मेद्भेदेभ राष्ट्रपति हुदा प्रधानमन्त्री बन्ने पुटिनको कदमबाट धेरै विश्लेषक आश्चर्यमा परे। सन् २०१२ मा नयाँ कानून अन्तर्गत छ वर्षे कार्यकालका लागि राष्ट्रपतिमा पुनःनिर्वाचित भए। सन् २०१८ मा पनि उनी नै चौथो कार्यकालका लागि निवार्चित भए। उनको राजनितिक यात्रा क्रम आगामी राष्ट्रपति काल पूरा भएपछि २५ वर्ष पुग्ने छ। अर्थात लगातार रुसको सत्तामा २५ वर्ष रहेन भएका छन्।

सपथलगतै राष्ट्रपति पुटिनले रुसलाई ‘पुनर्जीवन’ दिने बाचा गरेका छन्। उनको शपथलगतै राजधानी मस्को तथा रुसका अन्य प्रमुख सहरमा पुटिनको विरोधमा प्रदर्शन पनि भएको थियो। त्यस क्रममा एक हजारभन्दा बढी व्यक्ति पक्राउसमेत परेका समचार आएको थियो। ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिक पक्राउ गरिएपछि युरोपियन युनियनलगायत विश्वजगतले उनको विरोध गरेका थिए। सन् २००० मा पहिलो पटक राष्ट्रपतिमा लागि विजयी भएका पुटिनले आफ्नो तेस्रो कार्यकाल अर्थात सन् २०१२ पछि अन्तरराष्ट्रिय मामिलामा निरन्तर हावी देखिएका छन्।

यद्यपी विभिन्न विरोधका बाबजुद पनि रुसमा मात्र होइन अन्तरराष्ट्रिय राजनीतिमा पनि पुटिनको राम्रो प्रभाव रहेको छ। युक्रेन र सिरियामा जारी द्वन्द्वको क्रममा सैन्य हस्तक्षेपको कारण रुस र पश्चिमा राष्ट्रबीचको सम्बन्ध नराम्ररी चिसिएको भएपनि अमेरिका तथा अन्य विश्वका शक्तिराष्ट्रसँग टक्कर लिन सक्ने नेताको रुपमा उनलाई हेर्ने गरिन्छ।

यीनै कारणहरुले गर्दा चौथो कार्यकालको लागि उनको जितको यो शक्तिशाली रुसमाथि कूटनीतिक चुनौती बढेको अर्को समाचारले अन्तरराष्ट्रिय जगतमा स्थान पाएको थियो। करिब दुई दशकदेखि शक्तिको केन्द्रमै रहेका उनी फेरि राष्ट्रपतिमा निर्वाचित भएको समाचारले संसारमै चर्चा पाउनु स्वभाविक नै थियो। यसले रुसका साझेदार र विश्वका शक्ति राष्ट्रमा पनि थप सन्देश दियो।

यद्यपि, उनको तेस्रो कार्यकालमा पनि रुसको अर्थतन्त्र भने सुधार हुन नसकेको आरोप विपक्षीहरुको छ। सञ्चारमाध्यममाथिको कडा कानुन लागू गरेको र विपक्षीहरूलाई पक्राउ गरेर स्वस्थ प्रजातान्त्रिक प्रक्रिया अपनाउन नदिएर आतंकित गरेको भनेर आलोचित भने भएको छ। उनलाई धनी र गरिबबीचको खाडल कम गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ। आफ्ना निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी मत ल्याई विजय भएका पुटिनलाई विश्वका शक्तिशाली देशका नेताले बधाई दिए सरह नै आलोचना पनि गर्ने गरेका छन्। यो नै उनको मुख्य चुनौति हो।

तर उनी यी आरोप स्वीकार्न सहमत हुन्नन्। आफ्नो कार्यकालमा आर्थिक वृद्धि झन् पहिलेको तुलनामा बढेको उनको दाबी छ। त्यसैगरी उनले विपक्षीलाई धरपकड नगरेको र स्वस्थ र निश्पक्ष निर्वाचन प्रक्रिया अपनाएको दाबी गर्छन्।

सन् १९९९ देखि नै रुसको प्रधानमन्त्री र राष्ट्रपतिका रूपमा देशको नेतृत्व गर्दै आएका पुटिनले सन् २०१२ को तुलनामा पनि बढी प्रतिशत मत प्राप्त गरी रुसभित्रै पनि यसअघिका चुनावको तुलनामा बढी लोकप्रियता कमाउनु भएको उनका समर्थकहरुको भनाइ छ। तर आफ्नो प्रतिद्वन्द्वीका तुलनामा ठूलो मतान्तरमा भएको उनको यो विजय भने अनुसन्धानको विषय भएको उनका विपक्षीको भनाइ रहेको थियो। आलोचनाले बाहिरको जस्तै देशभित्र पनि व्यापकता त पाएको छ, तर पनि त्यसले ठूलो आन्दोलनको रुप भने लिन सकेको छैन।

देशभित्रका आलोचनाका बारेमा उनका समर्थकले करिब दुई दशकदेखि शक्तिको केन्द्रमा रहन सफल व्यक्तित्वलाई यस्ता झिनामसिना आलोचनाले असर पार्न नसक्ने र उनको आत्मबल नै बलियो रहेको बताउने गरेको पनि पाइन्छ। उनी अब चौथो पटक रुसको राष्ट्रपति बनेका छन्। पुटिनलाई विश्वकै नेताले बधाई त दिए तर त्यससँगै कूटनीतिक चुनौती पनि थपिदिएको कतिपयको विश्लेषण छ। चौथो पटकसमेत जित हातपारी शिखरमा पुगेका पुटिनलाई उनको सत्तारोहणसँगै विश्वका शक्तिशाली देश अमेरिका बेलायतले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेर चुनौती थपिदिएका थिए। उनले राम्रोसँग उनको कार्यकालको सुरुवातको खुसियाली पनि मनाउन नपाउँदै गरिएको यस व्यवहारलाई पनि उनले सामना गरेका छन्। यसैकारण पश्चिमा राष्ट्रसँग हुनपुगेको चिसोपनलाई उनले अब सम्बोधनको उपायका बारेमा सोचेको बताइन्छ।

उनको विजयको समाचारको लगभग सँगसँगै जस्तोगरी अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको दियो। यो आदेशले विश्वमा नै रुसलाई ठूलो चोट पुग्यो। तर त्यतिमा मात्र सीमित नरहेर अरू देशले पनि अमेरिकाको सिको गरे र उनीहरूले रुसका कूटनीतिज्ञलाई निकाला गर्ने प्रक्रियाको शुरुवात गरे। सायद यो पुटिनले अर्को कार्यकालका लागि परिणाम हात पारेपछि रिस पोखिएको हो कि भन्ने पनि थियो।

ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी दिई एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने सूचना जारी गर्यो र उनीहरूले छोडे पनि। अमेरिकामा रहेका ६० जना कूटनीतिज्ञले त्यति नै संख्याका अमेरिकी कूटनीतिज्ञलाई रुसले पनि निकाला गरेको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा समेत डोनाल्ड ट्रम्पलाई विजयी गराउन भूमिका खेलेको आरोप खेप्दै आएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा हालको अमेरिकी प्रशासनले गरेको यो अहिलेसम्मकै सबैभन्दा कडा निर्णय भएको अन्तरराष्ट्रिय जगतको ठम्याइ रहेको छ।

आफ्नो चौथो कार्यकालको शुरुवातसँगै उनका विरुद्धमा विश्वमा एक प्रश्न उब्जिएकै छ उन कहिलेसम्म रुसको राष्ट्रपति बन्ने भन्ने बारेमा। सत्तामा रही रहने र आफ्ना विरोधीहरुलाई स्वस्थ प्रतिश्पर्धाका आधारमा राजनीति गर्न नदिने आरोप उनीमथि छ। त्यसैगरी नागरिक अधिकार, प्रेस स्वतन्त्रताजस्ता विषयमा पुटिनले कडाई गरेको पश्चिमाको आवाज छ। अन्तरराष्ट्रिय जगत र देशभित्रको दवाबको कारण पनि आगामी दिनमा पुटिनले धेरै नै चुनौतीको सामना गर्नुपर्ने अनुमान गर्न सकिन्छ। यी आरोपको निराकरण उनको लागि अत्यावश्यक विषय हो। त्यसैले आगामी दिनमा देशभित्र र बाहिरको आवाज र आलोचनाको सामाञ्जस्यता के कसरी गर्नेछन् भन्ने बारेमा आगामी दिनमा रुसी नागरिकले उनका कदमको बडो चनाखो पूर्णरुपमा चियो गर्ने सम्भावना देखिन्छ। रासस



नयाँ