arrow

मनाङका साझा पत्रकार जो समाचारका लागि हरदिन जोखिम मोल्छन

logo
कृष्ण आले।
प्रकाशित २०७५ वैशाख २९ शनिबार
Nabin-Lamichanee-manang-news-headline.jpg

काठमाडौं। भनिन्छ, ‘पत्रकारले हिमालमा पनि कुद्न सक्नुपर्छ, काँडामा पनि सुत्न सक्नुपर्छ ।’ तर पत्रकार यी सबै जोखिम मोल्न तयार छन् । भोगिरहेका छन् । पत्रकारिताको रहर र बाध्यतालाई संचारकर्मीहरुले आ–आफ्नै तरिकाले लिने गरेका छन् । तर पत्रकारिता रहरभन्दा पनि बाध्यता भएपछि लमजुङका एक पत्रकार भने हिमालबाट समाचार सम्प्रेषण गर्नमा नै व्यस्त देखिएका छन् ।

गत तीन वर्षदेखि राष्ट्रिय मिडियाहरुमा काम गर्न शुरु गरेपछि पत्रकारिताभित्रको प्रतिस्पर्धालाई गहन रुपमा नै अध्ययन गर्ने मौका पाए । समुन्द्री सतहबाट पाँच हजार तीन सय मिटरको उचाईसम्म पुगेर समाचार सम्प्रेषण गरी सत्य र तथ्य समाचारलाई समाज र विश्वसामु पस्कनु उसको बाध्यता पनि हो ।

लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नं २ निवासी नवीन लामिछाने हिमाली भेगमा रहेको जडिबुटी, हिमाल, हिमताल, थ्रोङपास, चौंरीखर्क, आन्तरिक तथा बाह्य पर्यटकहरुहरुको बारेका समाचार सम्प्रेषणमा व्यस्त देखिन थालेको छन् । लामिछाने भन्छन्, ‘हिमाली क्षेत्रका समाचारहरु प्रकाशन र प्रशारण हुँदा समाचार संकलनका क्रममा भएका जोखिमहरु सबै बिर्सन्छु । भाषण र कार्यक्रमका समाचारभन्दा यस्ता समाचारहरुका ओज बढी हुनाले पनि मेरो चाहना त्यतै ढल्क्यो ।’

मनाङ जिल्लाको निस्याङ गाउँपालिकास्थित चार हजार नौ सय १९ मीटरको उचाइमा रहेको तिलिचो तालबाट चार पटक रिपोटिङ गरेको अनुभव सञ्चारकर्मी लामिछानेसँग अझै पनि ताजै छ । यस गाउँपालिकामा रहेका पिसाङ भ्याली, घ्यारु गाउँ, ङावल, हुम्डे जहाँ पक्की विमानस्थल रहेको छ तर उडान भएको छैन, भ्राका गाउँ अन्तरगत रहेको मिलारेपा केफ गुफा, आइस लेक ४६०० मी, मनाङ गाउँ, गंगापुर्ण ताल, टङ्की मनाङ, खाङ्सार, सिरीखर्क, तिलिचोबेस क्याम्प, थोरङपास मार्गहरुका याकखर्क, थोराङफेदीलाई सञ्चारकर्मी लामिछाने समाचारको विषयवस्तु बनाउँदै आएका छन् ।

अन्नपुर्ण पदमार्ग अन्तरगत पाँच हजार तीन सय मीटरको उचाइमा रहेको थोराङपास ९जहाँबाट मुक्तिनाथ पुग्न सकिन्छ० पर्यटन समाचारको मुख्य श्रोत हो । नासों गाउँपालिका अन्तरगत पर्ने मनासुलु पदमार्ग अन्तरगमा रहेको धारापानी, थोँचे, दुधखोलाको किनारैकिनार, मनाङको ऐतिहासिक व्यापारिक केन्द्र रहेको तिल्चे गाउँ, गुवा, सिर्की, याकखर्क, भिमताङ ३७०० मी, पोङ्करताल ४०००मी, लार्केपास ५१६० मी जस्ता स्थलहरुले सञ्चारकर्मी लामिछानेको समाचारलाई चमक प्रदान गरेको छ । चामे गाउँपालिकाको कोतोबाट एक दिनको पैदल यात्राबाट नार्पाभुमि साविक नारफू गाउँपालिका पुग्न सकिन्छ।

यस गाउँपालिका अन्तरगत रहेको मेता गाउँमा बास बसेर भोलिपल्ट फू गाउँ ४०७० मी पुग्न सकिन्छ । फू गाउँ मनाङ जिल्लाको सबैभन्दा दुर्गम र अन्तिम गाउँ पनि हो, जुन गाउँ चीनको तिब्बतसँग जोडिएको छ । यो फू गाउँमा प्रवेश गर्नका लागि पहराको बीचबाट एउटा मात्र ढोका रहेको छ । जहाँ तिब्बतीय खम्बा बिद्रोहीहरु आएर उपनिवेश बनाई बङ्कर बनाएर बसेको ऐतिहासिक स्थल क्याङ पनि फू गाउँमा अवस्थित छ । नार र फू गाउँ २०३६ सालमा राजा महेन्द्रले पत्ता लगाएको गाउँ हो ।

नार गाउँ र फू गाउँलाई जोड्नका लागि काठबाट निर्मित पुल रहेको छ, सो पुलको नाम महेन्द्र पुल रहेको हो । नार गाउँ अन्तरगत नारफू फेदीमा रहेको गुम्बा, गुम्बाबाट ४ घण्टाको ठाडो उकालो कटेपछि नारगाउँको ग्रेटवाल आउँछ । ऐतिहासिक ग्रेटवालबाट नारगाउँमा प्रवेश गर्नका लागि एउटामात्र ढुंगाद्वारा निर्मित ढोका रहेको छ । यो गाउँ पाँच हजार मीटरको उचाइमा रहेको छ ।

यस गाउँबाट कंगारु हिमाल, लमजुङ हिमाल, अन्नपुर्ण दोश्रो, तेश्रो, चौंथो, पिसाङ पिक, जुलु पिक लगायतका अन्य पिकहरु नजिकबाट नियाल्न सकिन्छ । यसैगाउँ हुँदै काङ्ला पास गरी निस्याङ गाउँपालिकाको ङावल गाउँमा पुग्न सकिन्छ । यस्ता ऐतिहासिक स्थलहरुका बारेमा सञ्चारकर्मी लामिछाने नजिक बनिसकेका छन् । जसले गर्दा उनका कमलको रफ्तार र क्यामेराको फ्लास चल्न थाल्छ । पत्रकारिताको गहिराई नियालीरहेका उनलाई जोखिमहरु पचिसकेको छ ।

यस्तैगरी आन्तरिक तथा बाह्य पर्यटक, समस्या, होटल व्यवसायीको अवस्था, स्थानीय रहनसहन, बस्तुस्थिति, संस्कार, संस्कृति, हिमाली विपद, हिमाली वातावरण, जंगली पशुपंछी, चौंरीखर्क, त्याहाँका गतिविधि र सम्भावनालाई सञ्चारकर्मी लामिछानेले समाचारको विषयवस्तु बनाउने गरेका छन् । हिमाली क्षेत्रका पाइने हिमपचितुवा, टसीबिरालो ९प्यालस क्याट०, विश्वबाटै लोप हुँदै गएको हिमाली सेतो गिद्धलगायत हिमाली क्षेत्रमा पाइने पशुपंछीहरुको आवश्यक संरक्षणका लागि समाचार सम्प्रेषण गर्दा मुलुकप्रतियो योगदान र आफूलाई सन्तुष्टीको आभास हुने सञ्चारकर्मी लामिछानेले बताउनु भयो ।

हिमाली भेगमा रहेर समाचार सम्प्रेषण गर्नु आफैंमा पनि भौगोलिक तवरबाट कठिन त छँदै छ, तर समाचार संकलनका दौरानमा खर्च सकिएपछि कहिलेकाहीं भोकभोकै बस्नु परेको तितो अनुभव पनि छ । समाचार संकलनमा नै कहिलेकाहीं जंगलको बीचमा काठ काट्नेहरुसँग ओडारमा रात कटाएको र कहिले खर्कका गोठालाहरुका गोठमा सँगसँगै चिसो रात कटाएको अनुभव पनि सम्झनामै सिमित छ । समाचार संकलनका क्रममा बाटोमा नै हिमपात भएर हिउँको बाटोबाटै कष्टपरक दैनिकी गुजार्दै गन्तव्यसम्म पुगेर समाचार सम्प्रेषण गरेको दुःखलाग्दो अनुभवहरु पनि पार भएको छ ।

सञ्चारकर्मी लामिछानेको अबको मिसन समाचार संकलनका क्रममा चामे गाउँपालिका अन्तरगतका लमजुङ हिमालको काख हुँदै नाम्के लेख र डाँफे लेक हुँदै पोखरा निस्कन बाँकी रहेको छ । निस्याङ गाउँपालिका अन्तरगत पिसाङ पिक र जुलु पिक चढ्ने धोको लामिछानेको रहेको छ । पिसाङ पिक र जुलु पिकमा बाह्य पर्यटकहरु आरोहणका लागि आउने गर्दछन् । उनीहरुको गतिविधि, समस्या र अवस्थाको प्रचार प्रसारको लागि समाचार संकलन गर्ने धोको भएको लामिछानेले बताए ।

मनाङको आन्तरिक तथा बाह्य पर्यटन, जडिबुटी संकलनको उचित व्यवस्थापन हुन सकेमा प्रदश नं ४ को आर्थिक भार धान्न सक्ने विज्ञहरुको भनाई छ । मनाङ जिल्लाका जंगलहरुमा यार्सागुम्बा, पाँचऔँले, निरमसी, पाखनभेद, बनलसुन, चिरौतो, कुट्की, धुपी, सुनपाती, जुम्बुलगायका अन्य जडिबुटीहरु पाइन्छ । यहाँका बन्य जन्तुहरु हिमाली भालु, रेडपाण्डा, घोरल, मृग, लुलु गाईका लागि उपयुक्त बासस्थान पनि मनाङ जिल्लामा रहेको छ । केही वर्ष अघिसम्म मनाङमा रेडपाण्डा भेटिएको, अहिले नभएको अवस्थामा रहेको र उपयुक्त वातावरण भएमा रेडपाण्डाको संरक्षण गर्न सकिने स्थानीयवासी, जिल्ला बन कार्यालय मनाङ र अन्नपुर्ण संरक्षण क्षेत्रसँगको सहकार्यमा अध्ययन भइरहेको लामिछानेले बताए । हाल वातावरण सम्वन्धी र खोज समाचारमा तल्लीन रहेको संचारकर्मी लामिछाने वताउछन् ।

पर्यटन र यात्रा विषयका समाचार लेखनमा छुट्टै आनन्द आउँछ । तर आनन्दसँगै दुःख र कष्टहरु पनि त्यतिकै छ । समाचार लेखेवापत पाउने पारिश्रमिकभन्दा समाचार संकलनमा नै बढी खर्च भएको पनि लामिछानेको गुनासो रहेको छ । हिमाली क्षेत्रमा खाना, खाजा र बस्नका लागि नै महँगो छ ।

सो क्षेत्रमा रहेका होटलहरुमा एक छाक खानाको सात सय रुपैयाँ र एउटा अण्डाको ८० रुपैयाँ तिर्नुपर्छ । हिमाली क्षेत्रको समाचार संकलन स्वास्थ्यको दृष्टिकोणले पनि जोखिम छ । अधिकांश पर्यटक र यात्रुहरु अक्सिजन कम भएपछि लेक लागेर ढल्ने र आवश्यक औषधोपचार तुरुन्तै हुन नसक्दा मृत्यसमेत हुने गरेको छ । पत्रकारिताको क्षेत्रमा भएको दुःखहरुलाई समेट्दा जीवनको अविस्मरणीय क्षणहरुका पलमा अव दुःखले आर्जेको पत्रकारिताको क्षेत्रलाई छोडेर अन्य क्षेत्र परिवर्तन गर्ने चाहना नभएको सञ्चारकर्मी लामिछानेले बताए ।

पत्रकार लामिछाने नेपाल पत्रकार माहसँघ मनाङ साखका उपाध्यक्ष हुन् । लमजुङ जिल्लाको जेठो पत्रिका अन्तरङ्ग राष्ट्रिय साप्ताहिकमार्फत पत्रकारिताको यात्रा शुरु गरी लमजुङ आवाज साप्ताहिक, रेडियो लमजुङ र स्वतन्त्र शक्ति साप्ताहिकलगायत सञ्चारगृहहरुमा काम गर्दै सञ्चारकर्मी लामिछाने राष्ट्रिय समाचार समिति ९रासस० मनाङ प्रतिनिधिको रुपमा गत तीन वर्षदेखि कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ