arrow

पाण्डव बसेको ठाँउ हेर्न पर्यटकको रोजाइमा खप्तड

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
khaptad_turist_welcome_photo.jpg

बझाङ। सात नम्बर प्रदेशको प्रमुख पर्यटकिय स्थल रहेको खप्तडमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी बझाङको मोहडा भएर सजिलो यात्रा हुने गरेको छ । बिगतका दिनमा डोटीको शिलगडी बाट जाने पर्यटकहरु त्याहा उकालो तथा लामो बाटनो बढी पर्ने पछि बझाङको बाटो रोज्न थालेका हुन् ।

अहिल्य दुई तिन बर्ष यता देखि काठमाण्डौ धनगडी लगायतका देशका बिभिन्न जिलला र भारतको उत्तराञ्चल खण्डका भक्त जन तथा खप्तड धुम्ने ब्यक्तिहरु बझाङ भएर आउन थालेका छन् । भक्त जनहरुका लागी खप्तड आउदा कैलालीको गोदावरी डडेल्धुराको उग्रतारा मन्दिर बझाङ चैनपुरको शुर्मादेबी मन्दिरको दर्षन गरेर दाहिने मोहडा हुदै खप्तड पुग्ने र केही दिन खप्तडको बसाई पछि ओरालो हुदै शिलगडीको शैलेश्वरी दर्षन गरि  डोटीको बाटो भएर फिर्ता हुन सजिलो भएकाले अहिल्य खप्तड आउनेहरुका लागी बझाङको बाटो सहज र सुबिधा युक्त हुने गरेको छ ।

केही दिन अगाडी जगत गुरु शंखराचार्य सहितको एक सय जनाको सन्तमाहात्मा , सहिल्यकार ,लेखक तथा नेपाल भाारतका पत्रकार सहितको टोली पनी बझाङकै बाटो भएर खप्तड गएको थियो । शुक्रबार पनि खप्तड जानका लागी नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई सहितको पर्यटन ब्यबसायि र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको टोली पनी बझाङको बाटो भएर खप्तड जानका लागी चैनपुर आएका छन् । पछिल्लो समयमा खप्तड आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका समुहहरु बझाङको बाटो भएर आउन थालेपछि यस्ता समुहहरु लाई बझाङ चैनपुरमा औपचारिक स्वागत कार्यक्रम गरि बिदाई गर्ने पचलन बनएको छ ।

खप्तड जाने पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईको टोली लाई स्वागत गर्दै जिल्ला समन्वय समितीका संयोजक खड्क खड्काले भने खप्तड आउने टोलीको रोजाई अहिल्य बझाङको बाटो भएर हुने गरेको छ यस्ताटोलीहरु लाई हामीले स्वागत गर्ने संस्कार बनाउदा यसले बझाङको पर्यटन लाई पनि फाईदा हुने बताए । खप्तड आउने टोली एकरातमा चैनपुर बसेर सानो गाडी रिजब गरि छान्ना गाँउपालिको दारुगाँउ सम्म पुग्ने र त्यहाँ बाट तिन घण्टाको पैदल दुरि हिडेपछि एकै दिनमा खप्तड पुग्ने भएकाले आफुहरुको टोली बझाङ बाट आएको   नेपाल पर्बतारोहण संघ साईपाल हिमाल शाखाका सचिब किशोर खड्काले बताए ।

 खप्तड आउने टोलीहरु बझाङ भएर आउन थालेपछि खप्तड जाने बाटो संग जोडिएको खप्तड छान्ना गाँउपालिकाले खेती नदी पारि तमैल देखि खप्तडको पेदीको मेल्तडी हुदै लोखडा सम्म सडक बनाउने काम लाई जोड दिएको छ । यसका साथै खप्तडको फेदीमा पर्ने दारुगाँउ मेल्तडी माझीगाँउ, सिल्काबाडा पर्यटकलाई सेवा सुबिधा हुने पूर्वाधार खडा गरि होमस्टे बनाउन पहल भई रहेको खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले  जानकारी दिए । उनले भने यहाँ आउने पर्यटकहरुका लागी सेतीको माछा , स्थानिय खानाका परिकार तथा स्थानिय संस्कृती भेष्भुष र रहन सहन बाट  पनि आनन्द गराउने गरेका छौ । उनका अनुसार दुई महिनाको अबधिमा बिस देखि वटा टोली यसै बाटो हुदै खप्तड गएको बताए ।
 
 खप्तड आउने पर्यटकहरु काठमाडौंबाट हवाईजहाजमा  एक घण्टामा धनगडी पुग्ने , धनगडी बाट १२ घण्टाको गाडीको यात्रामा चैनपुर पुग्ने र भोली पल्ट खप्तड खप्तड पुग्ने गर्दछन् । यसरी हेदा  खप्तड धुम्नेहरुका लागी एक हप्ताको प्याकेज उपयुक्त हुने गर्दछ ।  धार्मिक पर्यटनका हिसावले समेत उपयुक्त गन्तब्य मानिने खप्तड पुराण महाभारतमा खेचर पर्बतमा रुपमा बर्णन गरिएको छ ।

महाभारतमा कौरव र पाण्डवहरुको लडाई हुदा पाण्डवहरुले चौध बर्ष यसै क्षेत्रमा बनवास गरेको किम्बदन्ति समेत रहदै आएको छ । २ सय २५ बर्गमिटर क्षेत्रफल रहेको खप्तडमा जैबिक बिबिधता , रमाणिय घासे पाटनहरु , बिभिन्न देबी देउताका मठ मन्दिरका साथै बिभिन्न ताल तलैया र प्रकृतिक मनोरम दृस्यहरु हुँदा यो क्षेत्र अध्यायन अनुसान्धानका साथै आत्म शान्तिी गर्नका लागी उपयुक्त स्थान मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ