arrow

किन चिनफिङमा निर्भर छ ट्रम्प–किम बैठकको सफलता ?

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
xi-marx.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोन उनको बीचमा आगामी महिनामा परमाणु युद्ध रोक्नको लागि एक सम्झौतामा पुग्ने लक्ष्यका साथमा बैठक हुन गइरहेको छ । यद्यपि यो बैठक यी दुई नेताहरुमा मात्र निर्भर भने छैन । यो मामिलामा चिनियाँ राष्ट्रपति सि चिनफिङको पनि ठुलो हात रहनसक्ने देखिएको छ ।

‘ब्लमवर्ग’ को विवरणअनुसार उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक सम्बन्ध भएको मुलुक चीनको तर्फबाट संयुक्त राष्ट्रसंघको प्रतिबन्ध लागू गरेसँगै किम अमेरिकासँग वार्ताको लागि राजी भएका थिए । साथै उत्तर कोरियाले पनि अममेरिकालाई धम्की दिने काम बन्द गरेको थियो ।

यस्तो अवस्थामा अहिले किम–ट्रम्पको बीचमा वार्ता हुने तयारी भइरहेको छ । यस्तोमा चीन यस्तो सम्झौताको समर्थन गर्नेछ, जुन चीनका लागि हितकारक होस् र उसको कुनै पनि सम्झौतालाई आगामी दिनमा कुनै किसिमको नकारात्मक असर नपरोस् ।  चीनले यसअघि पनि व्यापारको विषयमा आफ्नो यो शक्तिको फाइदा उठाएको देखिँदै आएको छ । गएको साता जब उत्तर कोरियाले वार्ता रद्द गर्ने धम्की दिएसँगै ट्रम्पले सि चिनफिङले आफ्नो फाइदाको लागि उत्तर कोरियालाई उक्साइरहेको हुनसक्ने बताएका थिए ।

अमेरिका र चीनले शनिबार आफूहरुको बीचमा चलिरहेको व्यापारयुद्धमा पूर्णविराम लगाउने निर्णय गरे। जसले उत्तर कोरियामा ध्यान केन्द्रित गर्न उनीहरुका लागि बाटो खुला भएको छ । सम्झौता नभएसम्मका लागि उत्रर कोरियाको सीमामा चीनले कडाइ गर्नुपर्ने ट्रम्पले बताएका थिए ।

युद्ध सबैभन्दा बढी चीनलाई क्षति
चीन अहिले सन्तुलन कायम राख्नका लागि निकै ठुलो परिस्थितिको सामना गरिरहेको चीनले लगातार युद्धबाट बच्नका लागि अमेरिका र उत्तर कोरियासँग वार्ताको अपिल गरेको थियो । यदि दुई मुलुहरुको बीचमा युद्ध भएको खण्डमा उत्तर कोरियाको सत्तामा परिवर्तन पनि हुनसक्छ । यस्तो भएमा यो चीनको लागि घातक हुन पुग्छ । यसले चीनको अर्थव्यवस्थामा ठुलो धक्का पुग्नेछ भने मुलुकमा शरणार्थीको समस्या आउन सक्छ । यतिमात्र होइन, चीनको सीमामा अमेरिकी सेना तैनाथ रहनेसम्मको सम्भावनाहरु रहेका छन् ।

अमेरिका–उत्तर कोरियालाई नजिक आएको हेर्न चाहँदैन चीन
चीन उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाको नजिक भएको हेर्न चाहँदैन । यस्तोमा चीनलाई आफ्नो सुरक्षाको पनि खतरा हुनसक्छ । ट्रम्प–किमको बीचमा हुन गइरहेको ऐतिहासिक सम्मेलनअघि चिनियाँ राष्ट्रपति सि जिनफिङले पनि यो कुरालाई स्वीकार गरिसकेका छन् । बैठकभन्दा अघि उत्तर कोरियाका नेता किम जोन उन दुईपटक चीन पुगिसकेका छन् भने ट्रम्पले पनि फोनमा सि चिनफिङसँग कुरा गरेका थिए ।

बेइजिङका एक वरिष्ठ विश्लेषक यू लीले अमेरिका र दक्षिण कोरिया चीनको प्रभाव कम गर्ने कोशिस गर्दैछन् भने पनि हालसालै भएको उत्तर कोरियन नेताको दुई यात्राले भने उसको लागि चीनको समर्थन धेरै जरुरी रहेको पुष्टि गरिसकेको बताए । उनले सिँगापुरमा चीन उपस्थित नभए पनि यो क्षेत्रमा कसरी सन्तुलन बनाइ राख्ने भन्ने कुराको निक्र्योल चीनले गर्ने उनले बताए ।

सन् २०१५ को विवरणअनुसार उत्तर कोरियाको कूल तीन अर्ब ४७ करोड डलर आयातमा ८५ प्रतिशत आपूर्तिको हिस्सा चीनले ओगटेको थियो । यसको अर्थ यो सम्मेलनको क्रममा उत्तर कोरियालाई सम्झौता गर्नको लागि कुनै पनि किसिमको आर्थिक लालच देखाउनु अमेरिकाको लागि मूर्खता हुनसक्छ ।
 
चीनले यसअघि नै उत्तर कोरियालाई यो आश्वासन दिइसकेको छ कि उसले उत्तर कोरियामा लगाइएको प्रतिबन्ध कम गर्नको लागि सहयोग गर्नेछ । मार्च महिनामा जब किम जोन उन पहिलो विदेश भ्रमणमा चीन गएका थिए तब चिनफिङले उत्तर कोरियासँगको सम्बन्ध सधैं कायम रहने र कुनै पनि परिस्थितिमा नबदलिने बताएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो ग्युटेर्सले एक अन्तर्वार्तामा उत्तर कोरियालाई परमाणु हतियार छाड्न लगाउनका लागि चीनले एक महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका थिए । यस्तोमा अमेरिकाको लागि पनि चीनले उत्तर कोरियासँग पुलको काम गर्नसक्छ । यस्तो अवस्थामा कुनै किसिमको सम्झौता हुन सक्यो भने उत्तर कोरियाले उक्त सम्झौताको पालना गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ