- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जलान्धर । औषधी उपचारका लागी जलान्धर पुगेको म , मलाई त्यहाको भाषा आउदैनथियो । नेपालीह? हिन्दी बोल्न अब्बल भएपनि म किन किन पछि नै थिए बुझे पनि फर्काउन सक्ने थिइन त्यसैले दिनभर कोठामै बस्थे । करिब ४ बजे तिर विष्णु दाइ आउनुहुन्थ्यो केहि खुराक ल्याएर अनि दुइ भाइले त्यहि खुराक खान्थ्यौ दाई आफ्नै काममा लाग्नुहुन्थ्यो नास्ता पछाडी ।
एक दिनको कुरा हो साँझ परिसकेपछि दाई आउनुभयो र भन्नुयो हिड अव एक जना नेपाली प्यासेन्टकोमा जाउँ । करिब आठ बजिसकेको थियो । मैले मनमनै सोचे दाइले यो रातीमा पनि काम गरेर पैसा कमाउनु हुदो रहेछ । तर म भन्न सकिन किन किन ? यस अगाडी पनि म दाइबाट एक नेपालीको जलान्धरमा उपचारको कथा सुनेको थिए त्यसबाट निकै प्रभावित भएको थिए । एक छिन पछि मनमा लागेको कौतुहलताको बाधँ फुटेर आयो एक्कासी दाईलाई भने दाई कार रोक्नु न एकछिन , कीन ? केहि कुरा सोध्न मन लाग्यो ।
के कुरा भन ? सुरया भाई , सानै देखि पन्जाबको खुराकले गर्दा दाईले स्पष्टसँग मेरो नाम उच्चारण गर्न जान्नुभएन । हामी जाने कहाँ हो ? अनि अतिरिक्त सुल्क कति लिनुहुन्छ दाई यो रातीमा हिडेको ? उहाले केहि बोल्नुभएन र कार स्वीकाउनुभयो अलिक पर पुगेपछि एक वाक्य बोल्नुभयो हिड थाहा पाइहाल्छस नि । केहि समय पछि हामी एउटा त्यस्तो बस्तीमा पुग्यौँ जहाँ छाप्राहरुमा थुप्रै मान्छेहरु बसिरहेका थिए । वरिपरि फोहोर थियो ति छाप्राहरुमा ढोका थिएनन । एउटा सानो गल्लीबाट हामी हिड्दै ती छाप्रे बस्तीमा पुग्यौ ।
एक जना सुदुर पश्चिमका नेपाली परिवार त्यहा विगत केहि बर्ष देखि भाडामा बस्दै आइरहेका रहेछन । पेन्टीङ्गको काम गर्ने सिलसिलामा चार तला माथीबाट खसेपछि ती विरामीको मेरुदण्ड भाचिएको रहेछ । अपरेसनको क्रममा पछाडी घाउ बनेर ठुलै खाडल परेको थियो मैले यस्सो मात्र हेरे दाइ र उनकी श्रीमती मिलेर घाउ सफा गरिदीए । उनी आफै दिसा पिसाव गर्न नसक्ने भएका रहेछन खाटको छेउमा पिसाबको थैली झुण्डिरहेको थियो । दुवै मिलेर त्यो पाइप सफा गरे अनि विरामीलाई दिसा पनि गराए । काम सकिसकेपछि दाइ मुडोमा बस्नुभयो म उभिए विरामीकी श्रीमति विष्णु दाइको पाखुरा समातेर भक्कानीन थालीन र भनिन बावु भोली पनी आउनुहोला है घाउ सफा गरिदीन । ति विरामी खाटमा घस्रीएर दाईलाइ समाउन खोज्दा फेरि घाउमा लगाएको कपास उक्कीएछ रगत आउन थाल्यो ।
दाइले मलाइ त्यहि राखेर कुदनुभयो केहि समय पछि आफुले काम गर्ने अस्पतालबाट समान ल्याएर त्यो घाउलाई पहिला जस्तै बनाइदिनु भयो । आउने बेला सारै दर्दनाक पिडा सुनाए ती जोडीले । विगत ४ महिनाको भाडा बुझाउन बाकी रहेछ साहुले निकाल्ने कुरा गरेको छ हामिसँग कुनै उपाए छैन । मैले सोधे कसरि चलेको छ दैनिकी उनले भनिन म इटा बोक्न जान्छु दिनभर अनि विरामीको सेवा कसले गर्छ ? साँझ म आउछु अनि बावु आउनुहुन्छ मैले एक्लै सक्दिन कैहिले काहि बावु नआउदा दुई दिनको एकै चोटी सफा गर्ने गरेका छौ ।
मैले बल्ल बुझे दाई त्यहाँ एक नेपालीको भुमिका निर्वाह गर्न हरेक रात पुग्दा रहेछन । मैले कोठामा पुगेपछि दाईलाई सोधे दाई हरेक दिन यसरी नै नि शुल्क सेवा गर्नुहुन्छ ? मलाई सायद यीनैहहरुको आशिर्वादले यहाँसम्म ल्यायो यो मेरो कर्तव्य हो भाई ।