तीन महिनाको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण विस्तार गर्ने
प्रकाशित २०७५ जेठ १५ मंगलबार
542
Shares
काठमाडौं । सरकारले तीन महिनाको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण विस्तार गर्ने भएको छ ।
आर्थिक वर्ष २०७५–०७६ को आय व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अब तीन महिनाको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण विस्तार गरिने बताए ।