काठमाडौं । सरकारले आगामी पाँच वर्षमा सबै नेपालीलाई मागअनुसारको ऊर्जा दिने भएको भएको छ । आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् ।
उनले पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने साथै मेलम्ची दोस्रो चरणको आयोजना प्रभावकारीरुपमा सञ्चालन गरिने बताए ।