- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन दुई हप्तामात्र बाँकी रहँदा मैत्रिपूर्ण वार्मअप खेलहरु भइरहेका छन् । वार्मअपमा अर्जेन्टिनाले जमेर खेलेको छ । अर्जेन्टिनाले हैटीलाई ४–० ले हरायो ।
ब्युनोस आरेसमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका लागि लिओनल मेस्सीले ह्याट्रिक गरे । त्यसैगरी सर्जियो अगुएरोले एक गोल गरे ।
विश्वकपको फाइनल चरणमा पुग्ने अन्तिम खेलसम्म कुर्नुपरेको अर्जेन्टिनाका लागि मेस्सी फर्ममा आएपछि उपाधि नै दिलाउन सक्ने क्षमता राख्छन् भन्ने आँकलन गर्न सकिने अर्जेन्टिनाका फ्यानहरुको दावी छ ।