- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले दक्षिण भारतमा प्रबेश गरिसकेको यस वर्षको मनसुन नेपालमा पनि केही दिनमै सक्रिय हुने जनाएको छ ।
दक्षिण भारतको केरलामा सक्रिय भएको मनसुनी रेखा उत्तरतर्फ नेपालमा सरिरहेकाले केही दिनमै मनसुन नेपालमा प्रवेश गर्ने मौसमविद समिर श्रेष्ठले बताए ।
दक्षिण भारतको केरलामा मे २७ मै मनसुन सक्रिय भएकाले धेरै स्थानमा पानी परिरहेको छ । प्रि–मनसुन सकिनै लागेको र केही दिनमै मनसुन सक्रिय हुन लागेको हो । मनसुन सक्रिय हुनका लागि पुर्वबाट हावा चल्न सुरु भइसकेको छ ।
प्रि-मनसुनमा पश्चिमबाट हावा चल्ने भएपनि अहिले बिस्तारै पुर्वबाट हावा चल्न थालेकाले अब केही दिनमै मनसुन सक्रिय हुने मौसमविद श्रेष्ठको दाबी छ ।
अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने श्रेष्ठको भनाई छ । नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अबधिलाई मनसुनको अबधि भनिन्छ ।
भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ । दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ ।
प्रि मनसुनको अन्त्य
प्रि मनसुनको अन्त्य मा आइसकेको पनि बिभागले जनाएको छ । प्रि मनसुन भन्नाले मार्च अप्रिल मे तीन महिनालाई भनिन्छ भने अहिले यो समयाबधी सकिएकाले प्रि मनसुनको बिदाईको समय आइसकेको मौसमविदहरुको भनाई छ ।
यसपाली औषत वर्षा
यसपाली मनसुनमा औषत वर्षा हुने भएको छ । औषत वर्षा भन्नाले विगत ३ दशकमा कुनै पनि स्थानमा पर्ने वर्षाको ९० देखि ११० प्रतिशत पानी पर्ने लाई भनिन्छ । औषत नै वर्षा हुने भएकाले यो बर्ष पानी मनसुनमा राम्रो वर्षा हुने भएको छ । नेपालका धेरै स्थानमा यो वर्ष औषत वर्षा हुनेछ ।