बुटवल । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने बताए ।
मन्त्रालयका सचिव, बिभागका निर्देशक सहितको प्राबिधिक टोली सहित बुधबार सिद्धबाबा क्षेत्रको स्थलगत निर्रीक्षणका लागि आएका मन्त्री महासेठले सरकारले यस स्थानको सडक व्यवस्थापनका लागि बजेट व्यवस्था गरीसकेकाले यसको बिस्तृत अध्ययन गरी उपयुक्त प्रबिधिको प्रयोगबाट जनतालाई सधैको सास्तीबाट मुक्त गराउने बताए ।
उनले प्रारम्भिक कार्य आजै बाट सुरु भएको समेत जानकारी दिए । यस क्षेत्रको सडक व्यवस्थापनका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुरुगं मार्गको प्रस्ताव गरेको छ ।
सो अवसरमा प्रतिनिधि सभाका सदस्य सोम प्रसाद पाण्डेले बुटवल पाल्पा सडकखण्डको २ किलोमिटर ८ सय मिटर सडक अत्यत्य जोखिमपुर्ण रहेको जानकारी गराएका थिए ।
त्यस्तै पाल्पाका जिल्ला बिकास समन्वय समितिका सभापति दया बस्यालले पछिल्लो १० वर्षमा यो क्षेत्रमा ७० जनाको मृत्यु भएको ।