arrow

नेपाली कमेन्ट्री सहित विश्वकपका सबै खेल प्रत्यक्ष प्रसारण गर्दै डिस होम

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
dish_home.jpg

रुसमा  यही साताबाट सुरु हुन गइरहेको  विश्वकप फुटबल प्रतियोगितामा नेपाली फुटबल पारखीहरुलाई मध्यनजर गर्दै विश्वकपका सम्पुर्ण खेलहरुको  प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ। यसका साथै उक्त च्यानलमा  विश्वकपका सम्पुर्ण खेलको कमे्न्ट्री नेपाली भाषामा गरिने भएकाले नेपाली फुटबल फ्यानका लागि थप रोमाञ्चकता थपिने पक्का रहेको छ ।  
 
खेलको  प्रत्यक्ष प्रसारणमा कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली भाषामा कमेन्ट्री गर्नेछन्।  डिसहोमले नेपाली दर्शकको चाहनालाई समेट्दै नेपालमै पहिलो पटक विश्वकपकका खेलहरुमा नेपाली भाषालाई प्राथमिकतामा राख्दै आफ्नै भाषामा कमेन्ट्री दिन लागेको हो। नेपाली भाषामा कमेन्ट्री तथा  खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन्।

कमेडियन विल्सन विक्रम राई, पत्रकार ऋषि धमला जस्ता फुटबल जगत बाहिरका विशेष अतिथिहरुको  प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ