arrow

यामाहाको एफजी २५ ‘राइड आउट’ चौथो संस्करण,  २५ राइडर सहभागी

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
yamaha-rideout-itahari.jpg

काठमाडौं। एमएडब्लु इन्टरप्राइजेजले राइडरहरुकालागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को चौथो संस्करणको आयोजना गरेको छ। एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता हो।  पाँच समूहमा विभाजन गरिएका एफजी २५ राइडरलाई प्रदेश एकको इटहरीको यामाहा सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराएको थियो। कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो।

तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए। साथै, सहभागी राइडरहरुले पनि यामाहाले दिएको अवसरप्रति खुसी व्यक्त गरे। ‘यामाहाले एफजी २५ चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिन प्रदान गरेको छ। यसका लागि यामाहालाई धन्यवाद दिन चाहन्छु। भविष्यमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर किरण राईले भने।

अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ। मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ। यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ। एफजी २५ तीन वटा एक्साइटिङ कलर–‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ। नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ।

यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको यामाहाले जनाएको छ। नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ