सेन्चुरी बैंकले मुद्दति खातामा १२.५० प्रतिशत ब्याजदर दिने
प्रकाशित २०७५ जेठ २९ मंगलबार
757
Shares
काठमाडौं। सेन्चुरी बैंकले ६ महिनादेखि १ वर्षसम्मको मुद्दति खातामा १२.५० प्रतिशत ब्याजदर दिने भएको छ। तीन देखि ६ महिनाको मुद्दति निक्षेपमा पनि बैंकले १२ प्रतिशत ब्याजदर दिने बतायो। दुवै अवस्थामा न्यूनतम मौज्दात भने एक लाख रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ।
नेपाल बैंकर्स संघले ब्याजदर सिमा सम्बन्धी सहमति गत आइतबार खारेज गरेसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका हुन्। त्यस्तै मंगलबारदेखि नै लागू हुनेगरी प्राइम बैंकले पनि एक वर्ष वा यो भन्दा माथिको मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याजदर दिइने घोषणा गरेको छ। अहिले सम्मा सिभिल बैंकले तथा एनआइसी एसिया सहित ४ वटा बैंकहरुले ब्याजदर बढाएको घोषणा गरिसकेका छन्।