११ बुंदे सहमति गर्दै चिनी मिल र स्थानीयको विवाद टुंगियो
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
445
Shares
शिवनगर । कञ्चनपुरस्थित बेलौरीको शिवनगरमा रहेको महाकाली सुगर मिलले बनाउन थालेको मदिरा उद्योग स्थापनाको बिरोध गर्दै आएका स्थानिय र उद्योग बीच ११ बुंदे सहमति भएको छ ।
३ महिनादेखि स्थानियले निर्माण रोक्नु पर्ने भन्दै गर्दै आएको आन्दोलन बेलौरी नगरपालिकाको मध्यस्थतामा मत्थर भएको हो । मङ्गलबार निर्णय गरी ११ बुदे सहमति गरीएको छ ।
बेलौरी नगरपालिकाको कार्यालयमा ३७१ जनाको हस्ताक्षर सहित आएको ज्ञापन पत्रको विषयमा नगरपालिकाले छलफल गर्दा यहि जेठ २२ गते मिलका महाप्रबन्धक , उद्योग वाणिज्य सघंका प्रतिनिधी, किसान हकहित सरक्षण समितीका अध्यक्ष , ज्ञापनपत्र पेश गरेका स्थानिय वासीन्दा र बेलौरी नगरकार्यपालिका सहितको बैठकले जेठ २६ गते अर्को बस्ने निर्णय गरेको थियो ।
२६ गते बसेको बैठकले, मिल हाता भित्र सञ्चालन गर्न लागीरहेको रेक्टीफाइट स्प्रीट प्लान्ट ले वातावरणमा पार्न सक्ने प्रहावका बारेमा विज्ञ वोलाई सुझाव लिइ निष्कर्षमा जाने, मिललार्इ आवश्यक रोजगारीमा स्थानीयलाई पहिलो प्राथमिकमा राख्ने र नगरपालिकाको मध्यस्थतामा मिल सञ्चालकहरु सङ्ग स्थानिय जनताको अन्तरक्रिया गर्ने गरी ३ वटा निर्णय गरीएको थियो । त्यसपछि बेलौरी नगरपालिकामा जेठ २९ गते बसेको चौथौ वार्ताले ११ बुदे सहमति सहित निष्कर्षमा पुन्याएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताए ।
वार्तामा बेलौरी नगरपालिकाका नगरप्रमुख , वडा नं। ८ र १० का वडाध्यक्ष , कार्यपालिका सदस्य , मिलका सञ्चालक ,व्यवस्थापक ,महाप्रवन्धक ,उद्योग वाणिज्य संघ र स्थानिय जनता सहितको बाक्लो उपस्थितिमा सहमति गरीएको हो ।