arrow

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

logo
प्रकाशित २०७५ असार ३ आइतबार
suzuki-swift.jpg

काठमाडौं। सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ। यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो।

यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामाकेन्द्रित डुवल एयरब्याग, इबिडि (EDB) सँगै एबिएस (ABS), आइसोफिक्स् (ISOFIX) र टोटल इफेक्टिभि कन्ट्रोल टेक्नोलोजी (TECT) प्रविधिसँगै ल्याइएको हो। सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट (HEARTECT) प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ। 

स्विफ्टको यस नयाँ मोडेल प्रस्तुत गर्दै सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने “यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको छ। यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेका छन्। २००५ मा यसको सुरुवात सँगै स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्न पुगेको छ। मजबुति, उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुती सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट (HEARTECT) प्ल्याटफर्ममा निर्मितछ। नयाँ फिचरहरुले भरिपूर्ण यस सवारीले उपभोक्तालाई निश्चित रुपमा उत्साहित गर्नेछ। ”

“म विश्वस्त छु, यस नयाँ स्विफ्टसँगै हामी हाम्रा उपभोक्ताहरुका भावनालाई बुझेर उहाँहरुको अपेक्षा अनुसारको सवारी प्रदान गर्न सफल रहनेछौँ,” चौधरीले भने। 

उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्नेछन्। यस मोडेलले पेट्रोलमा २२.० किमि-लिटर प्रदान गर्दछ। २८% धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमि लामो व्हील बेस रहेको छ। यस मोडेलको विकासमा रु ७०० करोडभन्दा धेरै लागत देखिएको छ। यस सवारीको प्रारम्भिक अफर सहित मूल्य रु २८,९९,००० तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ